Skip to content

हावा चल्यो पात हल्यो माया वरवर

  • by


खोलावारी खोलापारी पीपल र बर
हावा चल्यो पात हल्यो माया वरवर

जहाँ उम्र्यो त्यहीं जिउने दुबैमा छ कर
साउनमा जति सुकै बाँधेको होस् डहर
आखिरमा पानी खान यही खोलाकै भर
हावा चल्यो पात हल्यो माया वरवर

कहिले वारी कहिले पारी ढुकुरका जोडी
आफ्नो भने सधैंभरि मात्र हेरा हेरी
दुख पोख्दा दैव पनि भयो पर पर
हावा चल्यो पात हल्यो माया वरवर

शब्द, स्वर – मदनकृष्ण श्रेष्ठ
संगीत – शक्तिवल्लभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *