Skip to content

परेलीको थोपा

परेलीको थोपा कता झर्यो होला
ओंठको कुरा कता पर्यो होला

मनमा बोकेको भारी पनि थियो
फूल र काँडाको घारी पनि थियो

जून आएकै थिएन, अंध्यारोमा
एकलो पाइला कता सर्यो होला

खाली कागज एक हातमा थियो
कसैको नाम अर्को हातमा थियो

कलम पाएकै थिएन, त्यो गाह्रोमा
उसको माया कता मर्यो होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *