Skip to content

चिन्न गाह्राे भयाे

शीर्षक:-चिन्न गाह्राे भयाे

यहाँ,
मान्छेले मान्छेलाई चिन्न गाह्राे छ
गल्ती गर्दछ आफै
बोझ अरुलाई पारेको छ
चारैतिर हाहाकार अनि अन्धकार छाएकाे छ
जनजीवन अस्त व्यस्त छ
महङ्गी,मूल्य बृद्वि, भ्रस्टचारी,अपराधी
दिनहुँ बढिरहेकाछन्
शासकहरू कानमा तेल हालेर
अनि अन्धाे बैराे भएर मस्त निन्द्रामा छन्
त्यसैले
यहाँ उज्यालोको ज्योति
कहिले आउने हो
भन्न गाह्राे छ।

झुटकाे खेति गर्नमा व्यस्त छन् यहाँ
सपना छन् गुलिया
हत्या हिंसा बलात्कार दिनहुँ हुन्छन्
अपराधी,बलात्कारीहरूले
संरक्षण पाउँदछन् अनि माफि पनि

यहाँ सरकार भन्दा शक्तिशाली छन्
उच्च अाेहदामा अासिन व्याक्तिहरू र अपराधीहरू
सरकार पानी माथिकाे अाेभानाे हुनलाई
गोहिको आँसु झारे झै अभिनय गरिरहेकाेछ
अाँखामा छाराे हाल्न र धनश्री कुम्लियाउन
रातारात, वर्षा याममा अनि बिदेशी प्रभुहरु
आउँदा बिकास गरि टाेपल्छन्
त्यसैले
यहाँ साँचाे र इमान्दार मान्छे
पाउन गाह्राे छ।

गरिब साेझा निमुखा जनताहरूकाे
बाँच्ने अधिकार र न्याय
पैसा,पावर,पहूँच र प्रलोभनमा पारी
न्याय दबाउने काम भइरहेछ यहाँ
अनि
आफ्नो कमजोरी,अपराध लुकाउन
अरुलाइ जबरदस्ती अपराधी बनाइदैछ
त्यसैले
यहाँ पिडितले न्याय कहिले पाउने हाे
भन्न गाह्राे छ।

नेपाल अामाकाे अस्मिता खुलेअाम
लुटिरहेकाछन् व्वाँसाहरूले
सरकार मुकदर्शक भएर टुलुटुलु
हेरि बसिरहेकाेछ
शिक्षा, स्वास्थ्य र न्याय जस्ता जनताका
अाधारभुत अधिकारमा निजिकरणकाे नाममा
खुल्मखुल्ला लुट मच्चाईरहेकाछन्
अाफ्नै अासे पासेहरूले
तर सरकार माैन छ
त्यसैले
यहाँ नेपाल र नेपालीकाे भलाे साेच्ने मान्छे
पाउन गाह्राे छ।

देश र देश बाहिरैका प्रतिगामी
अनि बिखण्डनबादीहरुले देश र
हामी नेपालीहरूकाे स्वाभिमान
माथि बारम्बार धावा बाेल्दैछन्
देशकाे सिमाना रातारात मिच्दैछन् रिपुहरूले
कालापानी त नक्शाबाटै गायब पारिसके
सरकार चुुँ बाेल्दैन
त्यसैले
यहाँ स्वाभिमान र आत्म सम्मानकाे रक्षा गर्ने
सच्चा देशभक्त पाउन गाह्राे छ।

धन्यवाद
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएइ
१८/०७/२०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *