मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
प्रकृति-नियम
subesh — Tue, 07/29/2008 - 23:45
अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा - कणा अनन्य शक्ति द्योतक
पदार्थ - शक्ति, सृष्टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्फन॥
॥१॥
अनन्त भौतिकी जगत् समस्त जीव, सृष्टिका
नक्षत्र, सूर्य, चन्द्रमा खगोलका निहारिका
नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत
पदार्थ - शक्ति कै बडो बिराट रूप सार्थक ॥
॥२॥
बिभिन्न सूत्रमा उनी प्रकृति सृष्टि गर्दछिन्
पदार्थ - शक्ति जोहदैं अनेक छद्म रच्दछिन् !
गरेर सृजना नयाँ, अपार सौम्य, कल्कल
निमोठ्न उद्यत स्वयम् गरेर नाश पल्पल ॥
॥३॥
झरेर पात बृक्षमा नयाँ मुना पलाउँछन्
तिनै मुना वयस्क भै कठै पुन: हराउँछन् -
तथापि बृक्ष शाखमा जिजीविषा यथेष्ठ छ
अनेक बज्र कालको सहेर ज्युन पोख्त छ ॥
॥४॥
हिजो जहाँ समुन्द्रका बिशाल छाल उर्लिए
सफेद टाकुरा बनी हिमाल आज अग्लिए !
बिशाल डाइनोसरै ! गरेर नाद, गर्जना
हिजो यहीं त घुम्दथे ! कठै विलुप्त आज ता ॥
॥५॥
गुफा - गुफा चहार्नु नै हिजो त नित्य दैनिकी
उही मनुष्य आज भोग्छ लौ अपूर्व जिन्दगी ॥
देखिन्छ आज जो यहाँ हिजो थिएन किञ्चित
छ आज जो भविष्यमा रहन्न यो छ निश्चित !!
॥६॥
चलायमान कालको अमूर्त विन्दु – विन्दुमा
बिनाश-सृष्टि बिम्बिका ! प्रकृति धर्म -तन्त्रमा -
बिनाश मै छ सृष्टिको अथाह डिम्ब सेचन !
नियन्त्रणा ! प्रकृतिको अपार नाट्य मञ्चन !!
॥७॥
अल्लाहलाई निवेदन (प्रकासोन्मुख कबिता संग्रह)बाट साभार गरिएको
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 20 min ago - hlw
22 hours 47 sec ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- छायाहरूको जुलुस
- गयौ तिमी टाढा
- ऊ बेश्या होइन
- सम्झना
- बुलाकी त्यो कण्ठा हरायो
- गाह्रो भयो मलाई
- हो म असक्षम थिएँ
- शीर्षक के हो ? (मुना २०६७ चैत)
- जसरी नि लिएर जाने हो
- जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज
- फेरि आयो रात प्यास लिएर
- पछुतो
- परमआनन्द, जीवन र गायत्री मन्त्र
- फुक्का-फकिर साहित्यकार
- एकदिन एक्लै हुँदा
- छ नि
- अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम
- छुवाछुत धनी गरीब एक हुने दिन
- मर्नु कि बाँच्नु
- अन्धकार अनन्त

हत्तेरिका ! अल्लाहलाई निबेदन:
subesh — Wed, 07/30/2008 - 17:45हत्तेरिका ! अल्लाहलाई निबेदन: प्रकासोन्मूख कविता संग्रहबाट साभार गरिएको हुनु पर्नेमा अल्लाहलाई निबेदन चैं निकनेम जस्तो भएर सुबेश घिमिरे अल्लाहलाई निबेदन पो भएछ । मिलाउन मिल्छ होला कुमार सर ?
अलि लामो भएकोले अहिलेकोजस्तो
kumar — Sat, 08/02/2008 - 00:17अलि लामो भएकोले अहिलेकोजस्तो बना'छु। कस्तो होला? आफैंले पनि केरमेटसुधार गर्न सकिन्छ। लगइन हुनुहुन्छ भने, आफूले लेखेको रचनाको शीर्षकको माथि "Edit" छ, त्यहाँबाट।
Post new comment