Skip to content


बल्दैछन् झलमल्ल दीप घरमा मैले पुकारे तिमी।
आऊ भाइ छिटाे तिहार छ यहाँ हेर्दैछु बाटाे बसी।।
आँखा यी रसिला भएर म बसे साह्रै अँध्यारो भयाे।
मेरो यो मन भो अचेत अब ता याे देह थाक्दै गयाे।।१।।
—————————–
चेलीकाे मन याे उराठ नबनाेस् आऊ न चाँडाे गरी।
धेरै साल बिते गए तर तिमी आऊ न चाँडाे गरी।।
मीठा सेल र अन्य भाेजन यहाँ मैले पकाई बसे।
आऊ भाइ छिटाे तिहार छ यहाँ सारा खुसी भै रमे।।२।।
——————————-
हाम्रै आँगनको यताउति फुलेकाछन् कयौं फूल ती।
द्यौसी खेल्न सबैजना रहरले छन् व्यस्त नाँच्दै पनि।।
तिम्रो साथ र प्यारको तुलबुली गर्दैछ मेराे मन।
आऊ भाइ छिटाे तिहार छ यहाँ डाक्दैछ मेराे मन।।३।।
—————————–
हाम्रा गाउँ र टाेलका सबजना आएर भेला भए।
मेराे भाइ अबेर भाे र म लडे मुर्छा परे झै भए।।
आमाकाे पनि चाहना छ अहिले आओस् त छाेराे घर।
आऊ भाइ छिटाे तिहार छ यहाँ रूँदैछ मेराे मन।।४।।

यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएई

4 thoughts on “दिदीकाे पुकार”

  1. सरी भाइ धेरै गल्ती भए छन्दमा
    सरी भाइ धेरै गल्ती भए छन्दमा ।

    1. सुधार्ने प्रयास गर्नेछु कृपया
      सुधार्ने प्रयास गर्नेछु कृपया के के गल्ति भए।धन्यवाद।

  2. सही
    बुझाऊँ
    पकाई
    वरिपरि
    रुँदैछ

    सही
    बुझाऊँ
    पकाई
    वरिपरि
    रुँदैछ

    यी सही रुप हुन् तरछनद्का लागि यहाँले अन्य रुप दिनु भाे । सुरुकाे अवस्थामा भन्दा केही सुधार गर्नु भएछ । अँ चाैथो श्लोककाे दोस्रो हरफ मिलेकाे छैन हेर्नु है ।

    1. हार्दिक धन्यवाद सर।
      म अझै

      हार्दिक धन्यवाद सर।
      म अझै सुधार्नेछु र सही शब्द प्रयोग गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *