Skip to content

गाँड काेराकोर

अझ कति रुनु होला यो बलात्कार देखी
मन छ अति गलेको सक्नु के आज लेखी
असुरगण मिलेरै खून चाख्छन् निचोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

जति समय यहाँ यो राक्षसी तन्त्र हुन्छ
त्यति त्यति पर भागी सत्य आफैं नुहुन्छ
टुलुटुलु रमिता नै हेर्दछन् गाँड फोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

अब घर घर थाले दुष्टले गाँड कोर्न
नरपशु अझ लागे देश मेरो निचोर्न
दमन अति बढाए दुष्टले देश फोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *