स्त्री
सिरिमा सिरि नि कान्छा बतासै चल्यो
बाबरी फूलको बासना सुन मेरो निरमाया
मायालु आयो नि कान्छा फाल र हान्दै
नबोले पनि हाँस न सुन मेरो निरमाया
पुरुष
ढुंगाको छानु नि कान्छी टिनको छानु
नौतले घरको बाहसम्म सुन मेरी निरमाया
तिम्रो र हाम्रो नि कान्छी भेट र घाटैमा
यो माया लैजाऊँ कहाँसम्म सुन मेरी निर्मया
स्त्री
उकाली ज्यानको के चिसो पानी गोगनपाती पिउँला
फूल राखेर देउतालाई दिउँला जोवन कसलाई दिउँला
बाढीमा आयो नि कान्छा मर्स्याङ्दी गंगा
वारी है पीपल पारी बर सुन मेरो निरमाया
नमरी बाँचे नि कान्छा कालले साँचे
यो माया लाउँला जनमभर सुन मेरो निरमाया
पुरुष
दिन र भरि घाँसै र काट्यो कोइरालो र टाँकी
आधी र बैंस यसै र गयो आधी रह्यो बाँकी
घाँसै काट्ने नि कान्छी गोगने डाली
सेपिलो ठाउँमा साँप होला सुन मेरी निरमाया
बोलेर मात्रै नि कान्छी के फाइदा हुन्छ
रिसानी भए माफ होला सुन मेरो निरमाया
शब्द – धर्मराज थापा
स्वर – नारायण गोपाल, ज्ञानु राणा