Skip to content

प्राण अपान



शून्यबाट घटाउँ त्यै, वियोग हुन्छ शून्य नै ।
शून्यमा जोड शून्य नै, शून्य हुन्छ नि योग नै ।

अपानमा प्राण जोड्दा, हुन्छ योग पनि प्राण ।
अपानबाट प्राण फाल्दा, शेष पनि हुन्छ प्राण ।

खेल जीवन चक्रको , प्राण अपान मीलन ।
दुवै मिलि बसेसम्म, हुदैन अन्त जीवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *