Skip to content

विश्वयोग-विपश्यना दिवस


विश्वयोग-विपश्यना दिवस

पार्वती शिव प्राचीन, नेपालको हिमालमा ।
घाम ताप्दै दुवै बन्मा, गोसाईँ कुण्ड छेउमा ।

योगको नै भयो चर्चा, पार्वती पनि उत्सुक ।
जति जीव रहेका छन् , योगमा सवै उत्सुक।

एकान्त पतिको साथ , तनमन समर्पण ।
योगको सुन्न थालिन्, रहस्यमय वर्णन ।

निदाइन् काखमा देवी , सुन्नत सकिनन् सवै ।
कुण्डको जलमा बस्ने , सुनेछ मत्स्यले सवै।

थालेछ गर्न अभ्यास , जीउले नमिले पनि।
पुच्छर माथि लग्दै छ, शीर्षासन गरौँ भनि ।

गरेको योग अभ्यास, सही सकस नै पनि।
मत्स्यासन जलैमा त, शिर्षासनहरू पनि ।

माछोले योग नै गर्ने , देखेर हर्षितै शिव ।
त्यहींको जल छ्यापेर ,बनाए मानिसै तव ।

पढाए योग शास्त्र नै, सिकाए आसनै सवै ।
बने मानव सर्वज्ञ, विद्बान योगका ठुलै ।

छ मत्स्यासन भन्ने नै, उनैको नाममा पनि,
प्रसिद्ध योगका ज्ञाता . मत्स्यन्द्रनाथ हुन् भनि।

भए चेला उनैका नै, गोरखनाथ नाम हो ।
उनैले नै सिकाए का, योग शिष्य सवैज हो।

सम्प्रदाय चलाएका, गोरखनाथले यता।
रथ यात्रा गरी हुन्छ, पूजा आजा सदा यता।

उनैबाट सबै ज्ञान , विश्वमा आज फैलियो ।
हठयोग उनैबाट, सागर पार नै पुग्यो ।

नेपाली भूमिमा जन्मे, गुरु शिष्य दुबै जना।
यही कुरा त शास्त्रमा, व्यास लेखे दमौलीमा।

त्यसैले योगको जन्म, नेपालमा भएछनि ।
मत्स्यन्द्रको सदै पूजा, निरन्तर हुँदै छनि ।

विश्व योग दिनै मान्न, राष्ट्र् संघ पुगौँ भनि।
दुई हज्जार छत्तीसै, साल प्रस्ताव राख्न नि।

गरियो अनुरोधै ज, नेपाल राज्य नै सित।
भनियो राख्न प्रस्ताव माघे संक्रान्ति कै दिन।

विश्व योगदिनै मानौ, भनेको सरकार नि।
बस्यो मौन सदाकाल, बहिरो नै सदा बनी ।

भन्यो न्यूयोर्कमा धाई, मित्र भारतले अनि ।
मानौ एक्काइसै जून, विश्व योग दिनै भनि ।

गर्यो प्रस्ताव पासै नै, महासभा तुरून्त नि।
उसैले आज भन्दैछ ,योगाभ्यास गरौँ भनि ।

स्वामित्व नेपालको नै, गयो उडेर दक्षिण ।
राखौँ प्रस्ताव विश्वमा, विपस्यना विश्व दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *