Skip to content
GazalAcharya


पेन्सिल छैन भनेकी थिएँ बाबाले किन्दिनुभो
कपडा फोहर हुनासाथ मामुले धुइदिनुभो ।

किताब पढ्न जानिनँ भन्दा दिदीले सघाउनुभो
हिसाव मिलाउन नसक्दा माइजूले सिकाउनुभो ।

मजस्तै कत्तिले पाएनन् पढ्न मेरै नजिक
अग्रजहरू भइदिए हुन्थ्यो सधैँ सरिक ।

आफन्तको साथ सधैँ सबैलाई चाहिन्छ
हामीले खोज्न तत्पर भए जे पनि पाइन्छ ।

यसरी मैले सबैको साथ पाएर रमाएँ
र, पो मैले बलियो खम्बा मज्जाले समाएँ ।

–गजल आचार्य
कक्षा २, श्रीजनता मावि, गोलबजार–४, सिरहा ।

2 thoughts on “सबैको साथ”

  1. असल रहेछ लेखाइ नानी । सुखद
    असल रहेछ लेखाइ नानी । सुखद कुरा हाे । यसै गरी लेखिरहनु । मिठा मिटा रचनाहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *