Skip to content

चार मुक्तक (मनमा पीर परेपछि)

SameerGorkhaChhetri


१)
मनमा पीर परेपछि
आँशु सबै झरेपछि
तिमी भने खुसी बस्नु
म नै अब मरेपछि

२)
जिन्दगी रहेसम्म नाम रहन्छ
अन्धकार भए नि घाम रहन्छ
छाडी गए नि तिम्ले मलाई
मुटुभित्र सधैं तिम्रो ठाम रहन्छ ।

३)
माटोमा सडेकाहरू
आचिमा लडेकाहरू
गर्छन् कुरा बरको
गमलामा अडेकाहरू ।

४)
शासको धागो कुनै दिन चुटिने छ
माया मोह जति सबै छिटिने छ
जति नै भागे पनि यता उता
मृत्युसँग यो जीवन लुटिने छ ।

– समीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *