Skip to content

जीवनशैली कस्तो हुनुपर्छ?


जीवनशैली कस्तो हुनुपर्छ? यो नै जीवनको सर्वाधिक महत्त्वपूर्ण विषय भन्ने लाग्छ मलाई। सीमाभित्रै रहने कि असीमित हुने, कुन छनोट गर्ने? ताजुक लाग्छ मलाइ। अँझ यहाँ छनोटको हैन जिउनुको कुरा छ। जीवनशैली त जीवन बाँच्ने ढङ्ग, कला र विज्ञान हो। जीवनलाई सुन्दर र सारवान बनाउने सीप हो। विवेकपूर्ण मस्तिष्क र बिशुद्द आत्माको निरन्तर प्रयोगको अवस्था हो। अँझ भनौ- जस्तो जीवन जियो त्यही हो जीवनशैली। के यसको कुनै बिशिष्ट ढाचा हुन्छ?

सार्थक र व्यवहारिक जीवनशैली कस्तो हुन्छ? हामीले बाँच्ने वास्तविक र प्राकृतिक उत्तम जीवनशैली कुन हो? यी प्रश्नहरुले मलाई डिस्ट्रब गर्छ्न। मतलब सताउछन। यस्तो लाग्छ एउटा उत्तम रेडिमेट जीवनशैली होस जसलाई अपनाएर जीवनको वास्तविक सार खिच्न सकियोस आखिर त्यो कुन शैली होला? आत्माले मस्तिष्कलाई नियन्त्रण र निर्दिष्ट गर्ने, मस्तिष्कले शरीरलाई नियन्त्रण र निर्दिष्ट गर्ने र शरीरले त्यही अनुसार कार्य गर्ने र व्यवहार हुने पद्धति उत्तम कि परिस्थिति र प्रकृतिसङ समायोजन र सन्तुलुन हुने गरी निर्दिष्ट शैली उत्तम? मस्तिष्क, आत्मा, प्रकृति र परिस्थिति को सन्तुलनबाट निर्दिष्ट जीवन बाँच्ने तरीका उत्तम हुन्छ कि?यी अवयबहरुको सन्चालन र सन्तुलनको तरीका कस्तो हुन्छ? त्यो कसरी चल्छ? अनि कसरी सम्बभ हुन्छ?

जीवनशैली नीतान्त व्यक्तिगत हुन्छ यसलाई उसको सोच, विचार, रुचि, उसको परीस्थितिले निर्दिष्ट गर्छ। बन्शाणु र वातावरणबाट ऊ निर्देशित हुन्छ। त्यसललाई मोडिफाइड गर्ने क्षमता समेत उसमा हुन्छ। कि अनुकुलित कि परीवर्तित कि दुवै शैली अपनाउनु पर्ने हुन्छ। वास्तवमा हाम्रो रहनसहन, बानी व्यहोरा, आचरण, ढाचा, सोच, र पद्धतिहरुले नै हाम्रो श्रेष्ठता र न्यूनताको निर्धारण गर्द्छ। सुख र दुखको तय हुन्छ। हासो र आसुको बातावरण बन्छ। कष्ट र आनन्दको निर्धारण हुन्छ।

हाम्रो जीवन्को गन्तव्य सर्वाधिक तथा सर्वस्विकृत आनन्द हो। स्थाइ प्रकृतिको चरम सुख हो। के यो सम्बभ छ?

भगवान बुद्धले दुख निवारणका सम्यक दृष्टि, संकल्प, वाणी, कर्म, आजीव ब्यायाम, स्मृति र समाधि अष्टाङ्गिक मार्ग सुझाएका छ्न। जीवनलाई यी मार्गबाट हिड्न प्रेरित गरेका छ्न। बिशुद्द मस्तिष्क र पवित्र आत्माबाट निर्दिष्ट जीवनशैली मार्फतमात्र निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने उनको निष्कर्ष छ।

महर्षी पतञ्जलीद्वारा बर्णित यम, नियम, आसन, प्रणायम, प्रत्याहार, धारणा, ध्यान र समाधी अष्टाङ्ग योगद्वारा मात्र जीवनमा आनन्द प्राप्त हुने कुरा सुझाएका छन। सुख सन्तुष्टि र आनन्दको लागि यी चरणहरू पार गर्दै अगाडि बढ्नुपर्ने ठान्दछन।

मनुस्मृतिमा मनुलले धैर्य, क्षमा, दम, आस्तेय, शौच, इन्द्रीय निग्रह, सत्कर्म, विद्या, सत्यम र अक्रोध जस्ता दशवटा धर्मका लक्षणहरू सुझाउदै यीनीहरुको व्यवस्थित र सन्तुलित उपयोगले मात्र अर्थपूर्ण र सारवान जीवन हुने कुरा बताएका छन।

धर्मशास्त्रमा काम, क्रोध, लोभ, मोह, मद र मत्सरलाई नियन्त्रण र सन्तुलनमा राख्न सक्ने मानिसमात्र सफल तथा सुखी हुन्छ भनिएको छ। अन्यथा दुख प्राप्त हुने कुरा उल्लेख छ। के यो सत्य हो? र सम्बभ छ। यदि होइन भने जीवनशैली कस्तो हुनुपर्छ?

जबसम्म बाँच्छौ सुखसङ बाच, उधारै भएपनि घिउ खाउ, एकपटक शरीर नष्ट भएपछि पुनः पाइन्दैन भन्ने चार्बक दर्शन उत्तम कि शरीर केही होइन आत्मा सबथोक हो अरुको केही नलेऊ भन्ने वैदिक दर्शन ? या दुवै। या मिश्रित। यदि मिश्रित भए ढाचा कस्तो? मिश्रितको ढाचा कसको हो? जीवनको? सबको अलग अलग कि के?कतै ढाचा निर्माण गर्नुपूर्व कसैबाट हामीमा धारणाहरू लादिएर स्वजीवनपशैलीको ढाचा निर्माण गर्न हामी असक्षम त भएका हैनौ?

सत्व, रज र तमबाट सृष्टि भएको यस ब्रह्माण्डमा के मानिसको जीवनशैली कतै यीनै अबयबबाट त निर्धारित छैन? कतै पूर्व कथनीय त छैन। कि फगत लहडबाजी मात्रै त होइन। कतै कुरो र कुलो जस्तो हो कि जस्ता लग्यो त्यतै जाने। जस्तो भोग्यो उस्तै हुने। भुइ छोए भुइँ, सूर्य छोए सूर्य हुने।

कतिपय एकान्तबास, सात्विक आहार, भगवत चिन्तन, प्रत्यहार, धारणा र ध्यान यूक्त शैलीमार्फत मात्र आनन्द प्राप्त गर्ने सकिन्छ भन्नेमा छ्न भने कतिपय चरम उपभोग, प्रयोग, मनोरन्जन र बिलसितायूक्त जीवनशैलीबाट मात्र आनन्द प्राप्त हुन्छ भन्ने मा। हामी जस्ता चाहिँ कुहिराको काग भएका छौ। हामीलाई दुवैको मिश्रित जीवनशैली चाहिँ उत्तम हुन्छ भन्ने लाग्छ। त्यसको लागि के गर्ने?कसरी बाँच्ने?कसैले सिकाएन? के कतै आफै सिक्ने भनेको त होइन? किनभने नितान्त जीवन आफ्नै हो अनि शैली अरुको जस्तो हुने पनि भएन र निर्देशन पनि चल्दैन। उसो भए मनमौजी हो। त्यो पनि पक्कै होइन। सीमा त उसै पनि छन।

पदार्थमा मात्रै सुख छ या चेतनामा मात्र या दुवैमा। या त्यसको सोचमा या हेर्ने आँखामा या गर्ने हातहरुमा या कर्ममा या भाग्यमा। या परिबर्तित प्रकृयामा। प्रश्न यहानेर छ। यो छुट्याउन नसक्दा नै बाटो स्पष्ट हुदैन, असपष्ट शैली बन्छ र गन्तव्यमा पुगीन्न भन्ने लाग्छ। यी अवयबहरुको सन्तुलन खोजौ भन्ने जोस जाग्छ।

यश आराम चैन प्राप्त गरी त्यसैको अन्शबाट गरिब, दुखी असाहयहरुलाई सेवा गर्न पट्टी लाग्ने कि आर्जननै नगरी सान्सरिक दुनियालाई छोडेर लाग्ने?कि आफ्नै उन्नतिमा मात्र सीमित हुने?कुन ढाचा उत्तम? भौतिक विज्ञानले नाप्ने सकिने कि नाप्नै नसकिने ?

न त पदार्थनै सबथोक भन्नेलाई अपनाउन सकियो न त चेतनानै सबथोक भन्नेलाई अपनाउन सकियो। पढियो खुब- कार्ल माक्र्स, नित्से, किर्केगाड, चार्वक.. र बुद्ध, कृष्ण, क्राइष्ट ओशो, सद्गुरु खप्तडबाबा। न त दुवैलाई मिलाएर न त अलग्गै स्वजीवनशैली बन्न सको। मलाई ता दुवैको मिश्रित विचारको सान्दर्भिकता लागिरहेको छ तर त्यो खोइ कहाँ छ? मानवतावादी सोच र शैली। अह! देखिदैन कतैपनि। कि त मान्छे आध्यात्मावादी देख्छु कि त भौतिकवादी खोइ कहाँ छ्न मानवतावादी ? मानवतावादी सोच र प्राप्तिको जीवन तरीका साहेद उत्तम जीवन ढाचा हो जहाँ दुख, कष्ट, सघर्ष यश आराम मनोरञ्जन भोग विलास कर्म धर्म र आध्यात्म मिश्रित रुपले अपनाइन्छ। किन मानिस अंश अंश को मात्र कुरा गर्छ? किन होलेस्टिकको कुरा गर्दैन?मैले अहिलेसम्म नबुझेको कुरा यही हो। किन मानिस जीवन बाँच्ने उत्तम तरीका वा ढाचा विकास गर्दैन? यसरी असरल्ल छोडिदिन्छ। बेप्रवाहासङ। यदि आवश्यक छ नै भने किन जोड्दैन पूर्वीय र पाश्चात्य जीवनशैलीलाई ? र बनाउदैन खास।

मलाई लागेको पनि यही हो –जीवनशैली कस्तो हुनुपर्छ? र अल्मलिएको पनि यही हो। पटक पटक धोका खाएको पनि यही हो। ठेस खाएको पनि यही हो। मर्दै बाँच्दै गरेको पनि यही हो। मैले आदर्श जीवनशैलीको कुरा गरेको चाहिँ पटकै होइन। वास्तविक जीवनशैली कस्तो हुनुपर्छ भनेको हो। जस्तो भोग्यो त्यस्तै पनि भनेको होइन। कसरी भोग्दा उत्तम हुन्छ भनेको हो। यहा निम्न र उत्तम भन्ने कुनै कुरै छैन भन्न खोजेको पनि होइन। छ त्यस्तो कुनै ढाचा? जीवनशैली कस्तो हुनुपर्छ? ए साची! यो त भन्ने कुरा होइन। हुने कुरा पो हो त। हैन र? म पनि कस्तो। भुस्कुट।

प्रकाश पाण्डे
सुनपकुवामा बि
उर्लाबारी-२, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *