Skip to content

बिदेश
छन्द : भुजङ्गप्रयात
स्वदेशी पनाकाे यहाँ छैन माटाे।
न पाइन्छ बास्ना स्वदेशी धराकाे।।
न फुल्छन् वनैमा सुनाैला गुराँस ।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।१।।

न डाडा न पाखा सबै देख्छु सादा।
न अाफ्नाे पना छन् सुसाएँ इरादा।।
न पानी न वर्षा सबैछन् निराश।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।२।।

न डाँफे रमेकाे न क्वैली रमेकाे।
जता हेर्छु देखे निराशा बढेकाे।
न पाइन्छ झर्ना न देखे हिमाल।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।३।।

छ ताताे असाध्यै सबै छन् गलेका।
न देखे कुनै खाद्य अन्नै फलेका।।
बढेका बढैछन् कयौंमा हताशा।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।४।।

हिमाली धरा झै यहाँ के छ हेर्ने।
निशान्धै बने झै बनायाे नदेख्ने।।
म छाेडेर अाऊ कि भन्दैछु देश।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।५।।
यादव दुलाल गाँउले
इटहरी, सुनसरी
हाल युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *