Skip to content


“हेल्लो प्रकाश!” प्रभातले मलाई सिधा नहेरिकनै हात अगाडि बढायो। मैले बलैले हात लगेर मिलाएँ। एकाएक म पुरानो स्मृतिमा पुगे। जतिबेला मेरो मन फाटेको थियो। मन रोएको थियो। मन दुखेको थियो। मनमनै मैले उसलाई पाखे भने। कोदे भने। मलाई उसले सुन्नेगरी भन्ने विचार थियो तर भनिन । उसको टाउकोदेखि खुट्टासम्म हेरे। भनिरहनु नपर्ने ऐनाजस्तै स्पष्ट लाग्यो। के छ खबर? भन्दा टाउको हल्लाए र मर्सिटिज गाडी र त्यस भित्र रहेकी मेरी श्रीमतीलाई देखाउदै अघि बढे।

बाइस वर्षअगाडि प्रभात र म हात्तीसार क्याम्पसमा आइएस्सी पहिलो वर्षमा सँगै पढ्थ्यौ। ऊ हेर्दा हाइफाइ र स्मार्ट थियो । ऊ मधेसबाट पढ्न आको म पहाडबाट। हाम्रो चिनजान औपचारिक मात्र थियो।

प्रियङ्का कलेजकै सुन्दर केटी थिई। मेरोलागि खुशीको कुरा त्यो पनि हाम्रै क्लासमा पढ्थी। मलाई ऊ औधी मन पर्थो। ऊ साहेद धरान बजारकी थिई। म कल्पनामा हराउन थालेको थिए । ती कल्पनाहरू ज्यादै प्रिय थिए । संयोग बस प्रियङ्का र मेरो कुराकानी लाइब्रेरीमा हुँदै थियो। चिया खादै गफ गरौला र मनको कुरा भनौला भन्न खोज्दै थिए । ठिक त्यतिबेला नै प्रभात आयो। र
प्रियङ्काको हात समाउदै मतिर हेर्दै यस्तो पाखे र कोदेशङ के बोलेको हिड प्रिय् भन्दै लिएर गयो। धेरै लामो समय पछि संयोगबस भेट भएको थियो। म उसलाई भित्र भित्र धेरै म पराउथेँ। बोल्न पाएकोमा यति हर्षित थिए कि भन्नै सक्दिन थिए।

त्यस दिनदेखि प्रियङ्का मेरो छेउ नै परिन। टाढा-टाढा भई । त्यो देखेर म धेरै दुखी भएँ। मैले खप्नै सकिन । र प्रभातलाई भेटेर सोधे उनको अगाडि मलाई किन कोदे भनिस् भनी सोधे। उसले हाँस्दै भन्यो – “तेरो गेटअप हेर, तेरो चप्पल,तेरो हिंडाइ, तेरो बोलाइ, तेरो गन्ध, तेरो गाउँ, तेरो औकात सबै कोदे नै त छ नि।”

यो सुनेर म झन दुखी भएँ। मलाई त भन्यो भन्यो। मेरो गाउँलाई नभनिदिएको भए हुन्थ्यो भन्ने लागिरहयो। त्यही दिनदेखि मलाई प्रियङ्काले हेर्न समेत छोडेकोमा दुखी भएँ। मन फाट्यो। भचियो। धेरै रोए । प्रभातलाई साथीको सूचिबाट सधैको लागि हटाए।

जीवन सघर्ष रहेछ। सघर्ष जीवन रहेछ। कति हन्डर र ठक्कर खाइयो। के के भैयो? के के गरियो? शहरमा घर छ । आफ्नै गाडी छ। सुन्दर प्रेमीका छे आफैसँग। तर पनि मन त्यो स्मृतिमा गयो। मनको खाटो आलो भएर आयो र प्रतिशोधमा लाग्यो।

स्टेरिङ मोडेर फर्के र प्रभातलाई तलदेखि माथिसम्म हेरे र भनें, “तिमी कोदे हौ, कोदे।”

उसले सरी भन्दै ग्रल्याम्मै अङगालो हाल्यो। आँखाभरि आँसु निकाल्यो। म पुनः पुरानो स्मृतिमा पुगे र उसलाई त्यसो नभनेको भए हुन्थ्यो भन्ने लाग्यो। तर मनले प्रतिशोध लिइछाड्यो। त्यसपछि प्रभातले आँसुसँगसँगै उसको कहानी बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *