Skip to content

बुद्धको देश


शान्तिको दुत गौतम बुद्धको देश भनिन्छ
तर यहाँ जताततै हत्या र हिंसा मात्र देखिन्छ ।

गौतम बुद्धको देश हो भनेर, चिच्याउनेहरू नै
किन हत्या र हिंसा गर्न,अग्रसर देखिन्छ ।

यता राजनीतिको कुरा उस्तै
लोकतान्त्रिक भन्नेहरू तानाशाह जस्तो देखिन्छ ।

सर्वहाराको नेता भन्छन् भन्नलाई
तर भन्नेहरू नै ठुला ठुला आलसिन भवनमा देखिन्छ ।

बुझ्न् नै कठिन छ यहाँ हजुर कस्ले के भन्छ
आज शान्तिको दूत बुद्धलाई बिज्ञापनमा मात्र देखिन्छ ।

पासाङ तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *