Skip to content

महिला हिंसा बिरुद्ध हाम्रो दायित्व

सृष्टि को उत्कृष्ठ सुन्दर रचना दुबै समान पुरुष र महिला ।
एउटै कोखमा हुर्कनेलाई प्राथमिकता किन कुनै दोस्रा कुनै पहिला ।।

मन मष्तिष्क अनि घर घरबाट शुरु गरौ महिला हिंसा बिरुद्ध अभियान ।
ऐन कानून रिती रिवाज समाजमा दिन दुबैलाई समान पहिचान ।।

पूर्ण अधिकार समान शिक्षा सशक्त योग्य महिला बन्छ स्वाभिमानी ।
बंश अधिकार सम्पति अधिकार दिनलाई नगरोस है राष्ट्रले आनाकानी ।।

महिला हिंसाका कारकतत्व होइनन् बर्तमानका सभ्य चेतनशील पुरुष मात्र ।
महिला भित्रैको अज्ञानता रिसराग स्वार्थ साघुरो सोच पनि छन् सहायक पात्र ।।

रुढिबादी कुरीति घेराबाट लगाईन्छ बोक्सी आरोप गरिन्छ अपमान ।
महिला बिरुध्द महिला पनि अत्याचारी जागरण आओस बन्न समान ।।

बलत्कार महिला हिंसा बेचबिखनका मतियारलाई बाधोस ल्याई कठोर कानून।
राष्ट्रको सामु कसै गरि पनि बचिन्न भनी ब्यभिचारीले ह्रृदयबाटै जानून ।।

नारीहरु सभ्य र शिक्षित भए बन्छन सन्तान सबै सभ्य र असल ।
सम्मानित भई जिउने बाटोमा नारीलाई नदेऊ है कुनै टसल ।।

बुझ्नु पर्छ पुरुषले नारीको जिम्मेवारी महान छ कति ।
नारीको अस्मिता चिथोर्नेहरु दुष्ट बिग्रेको हो उसको मति ।।

बिग्रको मतिहरुलाई कठघरामा उभ्याउने राज्यको महान काम ।
राज्यको दृष्टि पूगोस बनाउन सम्मानित महिला, सभ्य नेपालको नाम ।।

बलत्कारी, चेली सीमा कटाउने दलाललाई नदेऊ राज्य संरक्षण ।
आमाको मान नारीको सम्मान सभ्य समाज बसाल्नलाई देखाऊ बिलक्षण ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *