Skip to content

यस्तो पनि हुन सक्छ !!

वर्णनात्मक लघु कथा
बालकलाई डल्ले भनिन्थ्यो । भर्खर दुई वर्ष लाग्दै गरेको भए पनि छोरो बडो चञ्चल थियो । उभिएर हिंड्न थालेको केही महिना भइसकेको थियो । हरेक कुरा चलाउने छुने खोल्ने तान्ने च्यात्ने पोख्ने फ्याँक्ने भाँच्ने आदि कुराहरुबाट ज्ञान हासिल गर्न बालखको दिमाग तीब्र थियो । तातो चिसो छुनु हुने नहुने गर्ने र नगर्ने आदि कुराको ज्ञान उसमा पसिसकेको थिएन । बडो प्यारो र खेलाऊँ खेलाऊँ लाग्दो थियो तापनि कसैको काखमा अडिन छोडेको थियो । डल्ले नै एकजनाको ढुक्क ड्युटी थियो ।
बिहानै प्रातःभ्रमणका लागि विवेक निस्केका थिए यता घरमा अहिले समीक्षा केके गरिरहेकी थिइन् । डल्ले अघि उठेर यता र उता गरिरहेको थियो । कहिले के पोखिदिन्थ्यो कहिले के ढलाउँथ्यो समाल्दाका दास्ती ।
यसै बेला समीक्षालाई लघुशङ्का गर्न जाने बाध्यता भयो । भरसक सबैतिर सुरक्षित रहोस् भन्ने हिसाबले डल्लेलाई बाहिरै राखेर उनी बाथरुममा पसिन् र भित्रबाट ढोका ढप्क्याइन् ।
यता डल्लेले भने उनका पछिपछि आएर उनी भित्र पसेपछि बाहिरबाट लगाइने चुकुल अघि कतिबेला लगाएछ उनले पत्तै पाइनन् जब बाहिर निस्किन खोजिन् अनि पो बोध भो उनलाई । अब के गर्नु र कसो गर्नुको महासङ्कट आयो । बालकले ढोकामा उभएर चुकुल लाउन त जान्यो तर बालकले खोलिदिने ज्ञान कता पाओस् । बालककी आमा महा आपतमा परिन् । यसै बेला बाहिर बालक भयङ्कर सँग चिच्याएको कुरा थुनिएकी आमाको कानमा पर्यो र उनको अझ मन क्षतविक्षत भो । ढोका फोर्न सकिनन् । भित्रबाट तानेर ठेलेर केही सिप लागेन उनी त्यहीं थुचुक्क बसिन् र प्रार्थना गरिन् ‘हे भगवान् मेरो छोरालाज्ई केही नहोस् !’
छिमेक पनि बोलाएर सुनिने जति नजिक थिएन । बाथरुमबाटै भए पनि कराउने थिइन् तर नजिकै कसैको नभएकोले त्यो पनि हुन सकेन । उता बालक चिच्याएर अललिएको छ । यता आमा आफैं बेहोस भइन् ।
“बाबु रोएको छ, यिनलाई केही केही थाहा छैन ! ए समीक्षा कता गयौ । यो आइमाईको चाल हेर त !!” भन्दै धन्न विवेक कुधेर घर पसे । बालकको हालत देखेर उनी पनि मर्माहत भए । रगत तररर बगेको छ भैंमा लडेर अललिएको छ । समीक्षा बाथरुमा गएको बेला बाथरुमको बाहेक अर्को ढोका पनि लाउन खोजेछ बालकले । यस कारण हातको अम्लो धन्न च्यापिएको मात्र रहेछ धन्न ठुलो दुर्घटना भएनछ धन्न ।
‘बालकको हात सफा गरेर दबाइ लगाइदिनु पर्यो’ भन्दै बाथरुपमा पस्ता पो विवेकले समीक्षा बेहोस भएर लडेको अवस्थामा पाए उनी कराए “हे राम……!!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *