Skip to content


विशाल छाती हिम शैल हाँस्ने
मुनाल डाँफे वनभित्र नाँच्ने।
यहीँ छ रारा परिकल्पनाकाे
छ राष्ट्र मेराे मनमा बसेकाे।।१।।

गरा गरामा जब देख्छु माेती
हटेर चिन्ता अनि बल्छ ज्याेति।
सुगन्ध हाम्राे पर हाेस् पुगेकाे
छ राष्ट्र मेराे मनमा बसेकाे।।२।।

कहाँ छ स्वर्गै किन खाेज्नुपर्छ
छ दिव्य अाफै अब चिन्नुपर्छ।
छ स्वर्ग जस्तै परिवेश हाम्राे
छ राष्ट्र मेराे मनमा बसेकाे।।३।।

अनेक झर्ना हिम ताल भित्र
बनेर उर्जा दिलमा पवित्र।
बसूँ म टाढा तर देश जपेकाे
छ राष्ट्र मेराे मनमा बसेकाे।।४।।

हिमाल चुम्दै रवि कान्ति छर्छन
र प्रीत गाँस्दै नव चेत भर्छन्।
चिराग बाेकी नव याेजनाकाे
छ राष्ट्र मेराे मनमा बसेकाे।।५।।
-यादव दुलाल गाउले

Leave a Reply

Your email address will not be published. Required fields are marked *