Skip to content

देशमा आमूल परिवर्तनको खाँचो छ


अब दसैंका लागि
टीकाको अक्षताका लागि
कृषिप्रधानदेशबाट
सौदीतिर धाउनुपर्छ
हरियो जङ्गलले भरिएको हाम्रो मुलुकमा
माघे सङ्क्रान्तिका कन्दमूल
मलेसियाको जङ्गलबाट मगाउनु पर्छ
फूलै फूलले भरिएको हाम्रो देशमा
सम्मानको माला बनाउन
भारतमा गएर फूल लगाउनु पर्छ
र यता मगाउनु पर्छ ।
संसारमै पानीको दोस्रो धनी मेरो देशमा
बोतलको पानी मगाउन लागि
घुुस खुवाएर
मन्त्रीलाई सोर्स लगाउनु पर्छ
जाँड नखाई नहुने
मेरा राष्ट्रका होनहारलाई
भुटानबाट कोदो मगाउनु पर्छ ।
अनिकाल लाग्ला जस्तो छ
हाम्रो देशमा
काम गर्ने युवाहरुलाई
चाँडै विदेशतिर पठाउनु पर्छ
राष्ट्र सेवकलाई
निरन्तर छाल गन्ने काममा
निरन्तर खटाउनु पर्छ ।
देश विकास गर्ने फटाहालाई
डाँडा कटाउनु पर्छ ।
उद्योको युग न छ
अब यो मुलुकमा
यसरी नै उद्योगक्रान्ति आउनु पर्छ
किनभने देशमा आमूल परिवर्तनको खाँचो छ
यसका लागि मन्त्रीजीका हातमा साँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *