हजारौं गल्ती तिम्रा मायामा भुली दिन्छु
आँसुमा डुब्छौ कति माफिको हाँसो दिन्छु
जानेरै भए केही अन्जान थिए कति
मुटुको कुनातिर माया थ्यो अलिकति
छोडेर झुट सबै सत्यता अंगाली देऊ
एक त्यान्द्रो चोखो माया समाती साथ दिन्छु
हजारौं गल्ती तिम्रा मायामा भुली दिन्छु
आँसुमा डुब्छौ कति माफिको हाँसो दिन्छु
निकाली समुद्रबाट हिराको सानो टुक्रा
अमूल्य बनी दिन्छ लाखौको भीड बीच
राखेर हृदय भित्र खोज्दैछु कुना कुना
सत्यता कतै अस्तु लुकेको खोजी दिन्छु
हजारौं गल्ती तिम्रा मायामा भुली दिन्छु
आँसुमा डुब्छौ कति माफिको हाँसो दिन्छु ।।