Skip to content

इन्द्रकुमार विकल्प मुक्तकमा नौलो प्रयोगमा रमाउँदै


इन्द्रकुमार विकल्प नेपााली साहित्य जगतमा एउट चर्चित नाम हो । सम्झनाका डोवहरू कवितासङ्ग्रह (२०४४) सालमा प्रकाशन गरी कृतिकारको रूपमा देखिएका साहित्यकार इन्द्रकुमार विकल्पले आफ्नो साहित्य साधनालाई तीब्रगतिमा अघि बढाउँदै मनका रङ्गहरू मुक्तकसङ्ग्रह, २०७५सम्म आइपुग्दा उनका १० थान कृतिहरू बजारमा आइसकेका छ्न् । कृति प्रकाशनको हिसावले हेर्दा विकल्पका हात कविता, कथा, उपन्यास, मुक्तक, हाइकु जस्ता विधामा समान रूपमा उत्कृष्ट धारणा सहित चलेको देखिन्छ र उनमा लेखन शक्ति तीब्र भएको मान्न सकिन्छ ।

उहाँ एक कुशल सम्पादक पनि हो । समसामयिक संकलनको रूपमा २०३८ सालमा “प्रतिभा” को सम्पादन गर्नुभयो भने २०५९ सालममा धौलागिरी अञ्चलको पहिलो गजलसङ्ग्रह “धौलागिरी स्पन्दन”“को सम्पादन पनि इन्द्रकुर्र विकल्पबाटै भयो । २०५४देखि हालसम्म “कालीको सुसेली” त्रैमासिक पत्रिकाको सम्पादन इन्द्रजीले नै गर्दै आउनु भएको छ । वास्तवमा भन्ने हो भने यो पत्रिका धौलागिरी अञ्चलकै एक उच्चस्तरीय अग्रणी पत्रिका हो । पर्वत साहित्य सङ्गम कुश्मा पर्वतको संस्थापक अध्यक्ष र वर्तमान संरक्षक इन्द्रकुमार विकल्पलाई करिब डेढ दर्जन संघ संस्थाले अभिनन्दन गरिसकेका छन् ।

पर्वत जस्तो विकट जिल्लामा बसेर विकल्पले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय छ र सिङ्गो राष्ट्रभरी नै अनुकरणीय छ । विकल्पको साहित्कि योगदानको उच्च मूल्याङ्कन गर्दै वष्ठि साहित्यकार एव म पर्वत साहित्य सङ्गमका वर्तमान अध्यक्ष राजेन्द्र पहाडीले प्रकाशकीयमा लेख्नुभएको छ —“नेपाली साहित्य र खासगरी आफ्नो पर्वत जिल्ला तथा सिङ्गो धवलागिरी क्षेत्रको वाङमय विकासमा यिनको सक्रियता लोभलाग्दो छ ।”

पेशााले शिक्षक भएकोले पनि उहाँको शैक्षिक अभ्यास र सक्रियताले निरन्तरता पाउनु स्वभाविक हो । त्यतिमात्र नभएर उहाँ भारत, बेल्जीयम, फ्रान्स, जर्मनी, लक्जेम्वर्ग, नेदरल्याण्ड, दुबई, थाइल्याण्ड, मलेसिया चिन आदि राष्ट्रको भ्रमण पनि गरिसक्नुभएको छ । एउटा साहित्यिक मनलाई यहाँको वातावरण, सामाजिक स्थिति, संस्कृति, प्राकृतिक, ऐतिहासिक, राजनीतिक आदिले प्रभाव पार्छ नै । समुच्च ज्ञानले स्थान ओेगटेका विकल्पका भावना र साधनाले नयाँ नयाँ सोच र विचारका लेखरचनाहरू उनको लेखनमा देखिदै आएका छन् ।

मनका रङ्गहरू मुक्तकमा हालसम्म लेखिदै आएको मुक्तक परम्पराभन्दा नौलो प्रयोगको रूपमा विकल्पजी देखिनु भएको छ । यस कृतिमा विकल्पजीले हरेक मुक्तकपिच्छे कहिले रदिफको प्रयोग भएको छ र हरेक मुक्तकको तेस्रो हरफमा “मेरो मनको रङ्गीन” भन्ने शब्द पुनरुक्ति भएको देखिन्छ । यो शब्दको प्रयोगकोपछि एउटा शब्दको प्रयाोग भएको छ । यही एउटा शब्दले मुक्तकको महत्वलाई बोको छ । विकल्पको यसप्रकारको प्रयोगलाई रुद्र ज्ञावलीजीले “मलाई लाग्छ यो नेपाली मुक्तक परम्परामा सर्वथा नौलो प्रयोग हो ।”।

नौलो प्रयोग भन्दैमा मुक्तकीय सिद्धान्तमा मेल खान्छ् त ? यस सम्बन्धमा “कुनै आख्यान सूत्रमा नबाँधिई प्रत्येक श्लोकहरू आफैमा पूर्ण तर मुक्त रहे भने ती मुक्तक हुन्छन्” भन्ने मुक्तकीय सद्धान्तलाई विकल्पजीले पूर्णत पालन गरेको धारणा डा. मुरारी पराजुलीजीले राख्नुभएको छ । यी मुक्तकको अध्ययनले पनि डा. मुरारी पराजुलीजीको धारणालाई पुष्टि गरेको छ ।

पहिलो मुक्तकलाई हेरौ

पानी बनेर आउँछ कहिले
ढुङ्गा बनेर छाउँछ कहिले
मेरो मनको रङ्गीन दुनियाँ
मनभित्रै रुवाउँछ कहले

माथिको मुक्तकलाई हामीले हेर्दा “कहिले” रदिफको प्रयोग भएको छ ।हरेक तेस्रो पंक्तिमा “मेरो मनको रङ्गीन” भन्ने बाक्याँश मुक्तकमा प्रयोगमा ल्याइएको छ । यो बाक्याँसपछि एक शब्दमात्रै प्रयोगमा आएको छ । यो शब्दले मागेको विचार चौथो पक्तिले पुष्ट्याइँ गर्नु पर्ने हुन्छ । चौथो पंक्तिमा शुरुमै “मनभित्रै” शब्द आएको छ ।

यस प्रकारको संरचना सबै मुक्तकमा पाइन्छ ।मुक्तक दुईमा मानिसका धेरै सपना हुन्छन् ती सपना कहिले हुरीले उडाउँछ, कहिले बाढीले बगाउँछ र कहिले मनभित्रै भुलाउँछ भन्ने सन्देश छ । तेस्रो मुक्तकले मनका रङ्गीन धारणा कहिले रामबनेर भेटिन्छ कहिले रावण बनेर मेटिन्छ त कहिले मनभित्रै रेटिन्छ भन्ने सन्देश छ । चौथोमा कहिले फूल बनेर कोप्छ कहिले काँडा बनेर घोच्छ त कहिले सीमाना मनभित्रै छोप्छ भन्ने सन्देश छ ।
पाँचौ मुक्तकमा कहिले पीरमा रमाउने, खुसीमा हराउने, मनको रङ्गिन आकाश मनभित्रै डराउने धारणा आएका छन् ।

छैटौंमा मायाले हँसाउने पीडाले रुवाउने मनको रङ्गिन मोहले मनभित्रै डुबाउने, सातौमा औंसीको रात हुने, पूर्णिाको सौगात हुने मनको रङ्गिन पूलबारी मनभित्रै घात हुने, आठौंमाा खुसीले जगमगाउने, पीडाले ओइलाउे मनको रङ्गिन तारा, मनभित्रै टिलपिलाउने, नवौंमा आगो बनेर कुर्लने, पानी बनेर फुर्कने, मनको रङ्गिन उर्जा मनभित्रै उर्लने, दशौंमा रोगले हटाउनने, शोकले कटाउे मनको रङ्गिन अभाव मनभित्रै सताउने, एघारमा कारले पिरोल्छ उज्यालोले झिजोल्छ मनको रङ्गिन पँधेरी मनभित्रै गिजाोल्छ, बाह्रमा मनले रिझाउँछ, तनले बिजाउँछ मनको रङ्गिन तरेलील मनभित्रै भिजाउँछ, तेह्रमा जुरुक्क आकासिन्छ, छिस्रिक्क भासिन्छ मनको रङ्गिन तृष्णा मनभित्रै नासिन्छ, चौधमाा छानो चुहिन्छ, मानो कुहिन्छ मनको रङ्गिन योजना मनभित्रै तुहिन्छ, पन्ध्रमा मात्तिएर उन्मुक्त, आत्तिएर भुतुक्क मनको रङ्गिन नग्नता मनभित्रै लुतुक्क हुन्छ, सोह्रमाबहाद’र बनेर चढ्छ, नामर्द बनेर झर्छ मनको रङ्गिन जिगीषा मनभित्रै सड्छ, सत्रमा बाहिरै उदाङगिन्छ भित्रभित्रै बाफिन्छ, मनको रङ्गिन लाज मनभित्रै छोपिन्छ, अठारमा खुसी दिलाउँछ, दुःख पिलाउँछ, मनको रङ्गिन आँखा मनभित्रै बिलाउँछ, उन्नाइसमा चोट बल्झिन्छ, खोट अल्झिन्छ मनको रङ्गिन पीडा मनभित्रै थल्लिन्छ, बीसमा उत्साहमा उड्छ, निरुत्साहमा गुड्छ मनको रङ्गीन प्रयत्न मनभित्रै छुट्छ एक्काइसमा आफ्नै करकारपमा, अर्काको धरापमा मनको रङ्गिन अस्तित्व मनभित्रै सरापमा, बाइसमा, आकाशमा खुल्छ पातलमा झुल्छ मनको रङ्गिन रहस्य मनको रङ्गिन ‘हस्य मनभिै भुल्छ, तेइस सत्रसँग दोहोरीएको, चौबीसमा बायाँ ढल्किन्छ दायाँसल्किन्छ मनको रङ्गीन चुनाव मनभित्रै थन्किन्छ, पच्चीसमा मनमा भरिन्छ तनमा पोखिन्छ मनको रङ्गीन तृष्णा मनभित्रै रोकिन्छ, छब्बीस, परार्य जुट्छन् आफ्न्ती फुट्छन् मनको रङ्गीन मित्रत मनभित्रै छुट्छन्, सत्ताइसमा आँसुले भिजाउँछ हाँसोले बिझाउँछ मनको रङ्गीन भावना मनभित्रै गिज्याउँछ, अठ्ठाइसमा उज्यालामा टोलाउँछ अँध्यारोमा बोलाउँछ मनको रङ्गीन अनुराग मनभित्रै लोलाउँछ, उनन्तीसमा खुसीले चढाउँछ दुःखले ढलाउँछ मनको रङ्गीन तिर्सना मनभित्रै गलाउँछ, तीसमा सपना जुट्छ विपना टुट्छ, मनको रङ्गीन तर्कना मनभित्रै छुट्छ ।

एक्काइसमा आफ्नै करकापमा, अर्काको धरापमा मनको रङ्गिन अस्तित्व मनभित्रै सरापमा, बाइसमा, आकाशमा खुल्छ पातलमा झुल्छ मनको रङ्गिन रहस्य मनभित्रै भुल्छ, तेइसमा सत्रसँग दोहोरीएको, चौबीसमा बायाँ ढल्किन्छ दायाँ सल्किन्छ मनको रङ्गीन चुनाव मनभित्रै थन्किन्छ, पच्चीसमा मनमा भरिन्छ तनमा पोखिन्छ मनको रङ्गीन तृष्णा मनभित्रै रोकिन्छ, छब्बीस, परार्य जुट्छन् आफ्न्ती फुट्छन् मनको रङ्गीन मित्रत मनभित्रै छुट्छन्, सत्ताइसमा आँसुले भिजाउँछ हाँसोले बिझाउँछ मनको रङ्गीन भावना मनभित्रै गिज्याउँछ, अठ्ठाइसमा उज्यालामा टोलाउँछ अँध्यारोमा बोलाउँछ मनको रङ्गीन अनुराग मनभित्रै लोलाउँछ, उनन्तीसमा खुसीले चढाउँछ दुःखले ढलाउँछ मनको रङ्गीन तिर्सना मनभित्रै गलाउँछ, तीसमा सपना जुट्छ विपना टुट्छ, मनको रङ्गीन तर्कना मनभित्रै छुट्छ, ।

एकतिसमा तन लहराउँछ मन हराउँछ मनको रङ्गीन तराना मनभित्रै चहराउँछ, बत्तीसमा लाजले लुकाउँछ ताजले फुकाउँछ मनको रङ्गीन इमान मनभित्रै झुकाउँछ, तेत्तीसमा आफन्तिले जुझाउँछ पराईले झुकाउँछ मनको रङ्गीन मुच्र्छना मनभित्रै बुझाउँछ, चैतीसमा गुनले उठाउँछ, घुनले चु’टाउँछ, मनको रङ्गीन चाहना मनभित्रै फुटाउँछ, पैतीसमा जीवन उचालिन्छ, थेंचारिन्छ मनको रङ्गीन ज्वारभाटा मनभित्रै खँजारिन्छ, छत्तीसमा चाहना खेलाउँछ, बाहना झेलाउँछ मनको रङ्गीन तलतल मनभित्रै सेलाउँछ, सैंतीसमा सपनामा लुटपुटिन्छ, बिपनामा भुट्भुटिन्छ, मनको रङ्गीन बासना मनभित्रै खुजमुजिन्छ, अठतीसमा हात तरखराउँछ खुट्टा लरखराउँछ मनको रङ्गीन उडान मनभित्रै लडखडाउँछ, उनन्चालीसमा त्यसैत्यसै्र रन्किन्छ, उसै उसै दन्किन्छ मनको रङ्गीन उफान मनभित्रै थन्किन्छ, चालीसमा उत्साहले उठ्छ, निरुत्साहले बस्छ मनको रङ्गीन विहानी मनभित्रै खस्छ।

एकचालीसमा छर्लङ्ग उज्यालिन्छ ढपक्क अँधेरिन्छ मनको रङ्गीन तस्वीर मनभित्रै ओइलिन्छ, बयालीसमा दिनमा छटपटाउँछ रातमा लत्पट्याउँछ मनको रङ्गीन आवेग मनभित्रै फटफटाउँछ, त्रिचालीमा अचानक जोडिन्छ अनायासै मोडिन्छ मनको रङ्गीन मौनता मनभित्रै तोडिन्छ, चौवालीसमा चाहना खल्बलाउँछ बाहना चल्मलाउँछ, मनको रङ्गीन अह म मनभित्रै ढल्पलाउँछ, पैंचालिसमा बोल्दा हडबडाउँछ नबोल्दा बढ्बडाउँछ, मनको रङ्गीन अभिमान मनभित्रै गड्बडाउँछ, छयालीसमा बोल्न खोज्दा डराउँछ, चूपलाग्दा कराउँछ, मनको रङ्गीन आवाज मनभित्रै हराउँछ सत्चालीसमा अनयास जुट्छ बेखबर छुट्छ मनको रङ्गीन सम्बन्ध मनभित्रै फुट्छ, अठचालीसमा रिसले भुकाउँछ, गर्वले झुकाउँछ, मनको रङगीन अस्तित्व मनभित्रै सुकाउँछ, उनन्चासमा तनहो भर्भराउँछ पन हो थर्थराउँछ, मनको रङ्गीन तर्कना मनभित्रै पर्पराउँछ, पचासमा खुसी लोलाउँछ दुःख सल्बलाउँछ मनको रङ्गीन तरङ्ग मनभित्रै खल्बलाउँछ ।

एकाउन्नमा आँखा लोलाउँछ, भाखा बोलाउँछ, मनको रङ्गीन दृष्टि मनभित्रै टोलाउँछ, बाउन्नमा मन उड्न, पन गुड्न मनको रङ्गीन पखेटा मनभित्रै जुध्न खोज्छ, त्रिपन्नमा आँसु पिलपिलाउँछ, हाँसो खित्खिताउँछ मनको रङ्प्गीन खुसी मनभित्रै तिल्मिलाउँछ, चौवन्नमा बाटो लम्बिन्छ यात्रा छोटिन्छ मनको रङ्गीन गन्तव्य मनभित्रै जोतिन्छ, पचपन्नमा माटो बसाउँछ ढुङ्गा रसाउँछ मनको रङ्गीन आवेग मनभित्रै खसाउँछ, छपन्नमा खुसीमा सुगन्धित रिसमा दुर्गन्धित मनको रङ्गीन सुवास मनभित्रै आवन्धित हुन्छ, सन्ताउन्नमा मनले जुटाउँछ, तनले छुटाउँछ, मनको रङ्गीन शिविर मनभित्रै लुटाउँछ, अन्ठाउन्नमा क्षणमै आकाशिन्छ वर्षौं पातालिन्छ मनको रङ्गीन उच्छ्वास मनभित्रै निस्सास्न्छि, उनन्साठीमा कसैलाई बाडिन्छ आफैलाई ढाँटिन्छ, मनको रङ्गीन चुनाव मनभित्रै टाढिन्छ, साठीमा अँध्यारोमा उज्यालिन्छ उज्यालोमा अँधेरिन्छ मनको रङ्गीन ज्योति मनभित्रै निहुरिन्छ, एकसट्ठीमा आकाससँगै टाँसिन्छ पातालसँगै भासिन्छ मनको रङ्गीन आकाङ्क्षा मनभित्रै नासिन्छ, बयसट्ठीमा सकरात्मक बल्छ नकरात्मक छल्छ मेरो मनको रङ्गिीन संकल्प मनभित्रै ढल्छ, त्रिसटठीमा माथि माथि उड्छ तलतल गुड्छ मनको रङ्गीन आग्रह मनभित्रै छुट्छ, चौसट्ठीमा मनले पनि हार्छ तनले पनि झार्छ मनको रङ्गीन भक्ति मनभित्रै सार्छ, पैंसट्ठी आवाजमा बोल्छ संकेतमा खोल्छ मनको रङ्गीन व्यथा मनभित्रै पोल्छ, छयसट्ठीमा कसैलाई रिझाउँछ, आफैलाई पिराउँछ मनको रङ्गीन नजर आफू भित्रै बिझाउँछ, सतसट्ठी आहा बनेर डाहा बनेर मनको रङ्गीन चेतना स्वाहा बनेर आउँछ, अठसट्ठीमा आगो बनेर तातिन्छ बरफ बनेर चिसिन्छ मनको रङ्गीन कुन्ठा मनभित्रै बाफिन्छ, उनन्सत्तरीमा मौसम रन्किन्छ वेमौसम सन्किन्छ मनको रङ्गीन धून मनभित्रै थन्किन्छ, । सत्तरी अगाडि तरखरिन्छ पछाडि लङ्खडिन्छ मनको रङ्गीन यात्रा मनभित्रै रन्थनिन्छ, एकहत्तर चाहनाले बनायो भोगी बाहानाले बनायो जोगी मनको रङ्गीन उत्कण्ठाले मनभित्रै बनायो रोगी, बहत्तर अनावश्यक भरिन्छ आवश्यक रित्तिन्छ मनको रङ्गीन घडा मनभित्रै पिल्सिन्छ, त्रिहत्तरमा आफन्तले खिज्याउँछन् पराईले रिझाउँछन् मनको रङ्गीन त्याग मनभित्रै गिज्याउँछन्, चौहत्तरमा हल्लामा जाग्छ सल्लाहमा भाग्छ मनको रङ्गीन समर्पण मनभित्रै त्याग्छ, पचत्तर खुसीले रमाउँछ, दुखले चहहराउँछ, मनको रङ्गीन विवेक हराउँछ, छयहत्तरमा हर्षले आहा, पीडाले डाहा मनको रङ्गीन भावना मनपिभत्रै स्वाहा, सतहत्तरमा मनले खेलाउँछ, नजरले केलाउँछ मनको रङ्गीन आन्नद मनभित्रै सेलाउँछ, अठहत्तर मौसम चिच्याउँछ, वेमौसम झिज्याउँछ मनको रङ्गीन ध्वनि मनभित्रै टिठ्याउँछ, उनासीमा समीपमा खेदिन्छ दूरदूर भेटिन्छ मनको रङ्गीन तीर्खा मनभित्रै भेटिन्छ, असीमा आफैसँग जङ्गिन्छ पराईसँग रङ्गिन्छ मनको रङ्गीन स्वभाव मनभित्रै दङ्गिन्छ।

एकासीमा टढा ढल्किन्छ छेउमै सल्किन्छ मनको रङ्गीन सन्देह मनभित्रै पल्किन्छ, बयासीमा थपक्क साँचिन्छ लपक्क नाचिन्छ मनको रङ्गीन तोक्मा मनभित्रै भाँचिन्छ, त्रियासीमा सपनामा उज्यालिन्छ विपनामा अँधेरिन्छ, मनको रङ्गीन तिर्सना मनभित्रै अमिलिन्छ, चौरासीमा भित्रभित्रै उर्लन्छ बाहिर कुर्लन्छ मनको रङ्गीन लोभ मनभित्रै लुर्कन्छ, पचासीमा उमङ्गले झर्छ, दर्दले हर्छ मनको रङ्गीन आँसु मनभित्रै मर्छ, छयासीमा जिन्दगीले हसाउँछ, वितृष्णाले रुवाउँछ मनको रङ्गीन चाहना मनभित्रै सुकाउँछ, सतासीमा बोली पूरा हुन्छन्, झोली अधुरा हुन्छन्, मनको रङ्गीन इच्छा मनभित्रै माकुरा हुन्छन्, अठासीमा, हिँड्दा पनि लड्खडिन्छ बस्दा पनि गड्कडिन्छ मनको रङ्गीन लक्ष्य मनभित्रै लट्पटिन्छ, उनान्नब्वेमा उज्यालोमा फुर्किन्छ अँध्यारोमा मुर्झिन्छ मनको रङ्गीन विहान मनपिभत्रै टुक्रिन्छ, नब्बेमा सुखमा जुरजुराउँछ, दुःखमा मुरमुराउँछ मनको रङ्गीन रहर मनभित्रै खुजमुज्याउँछ, एकान्नब्बेमा नयन फरफराउँछ सयन धरमराउँछ मनको रङ्गीन दृश्य मनभित्रै लरखराउँछ, बयानव्वेमा मन टाढा भाग्छ मस्तिष्क नजिक जाग्छ मनको रङ्गीन यात्रा मनभित्रै ढाक्छ, त्रियानब्बेमा आशा दिलाउँछ निरासा मिलाउँछ मनको रङ्गीन हाँसो मनभित्रै विलाउँछ, चौरानब्बेमा फूलबनेर आउँछ काँडा बनेर छाउँछ मनको रङ्गीन मित्रता मनभित्रै बिलाउँछ, पन्चान्नब्बेमा भित्रभित्र सन्किन्छ बाहिर बाहिर रन्किन्छ मनको रङ्गीन आगो मनभित्रै थन्किन्छ, छयानब्बेमा नजिकैमा मौलिन्छ टाढाटाढा फैलिन्छ मनको रङ्गीन स्मृति मनभित्रै बौलिन्छ, सन्तानब्बेमा यात्रामा पनि च्यापिन्छ बसाइमा पनि फैलिन्छ मनको रङ्गीन बाटो मनभित्रै नापिन्छ, अन्ठान्नब्बेमा जवानी रन्किन्छ कहानी तन्किन्छ मनको रङ्गीन प्रेम मनभित्रै पन्पिन्छ, उनान्सयमा आँटले सुकर्म गर्छ छाँटले कुकर्म गर्छ, मनको रङ्गीन जाँगर मनभित्र मर्छ, सयमा मुसुमुसु हाँस्छ खुसुखुसु बाझ्छ मनको रङ्गीन भ्यालेन्टाइन् मनभित्रै गाँस्छ।

एकसये एकमा थाकेर हो कि सलसल मातेर हो कि कलकल मनको रङ्गीन नदी मनभित्रै तलतल कहिले भन्ने धारणाहरू यस मुक्तकसङ्ग्रहमा आएका छन् । यी माथि मैले हरेक मुक्तकलाई अध्ययन गरें । सबै मुक्तकमा ‘कहिले’ रदिफको प्रयोग छ, मेरो मनको रङ्गीन शब्द पनि तेस्रो हरफमा प्रयोग छ भने चौथोमा मनभित्रै भन्ने शब्द सबै मुक्तकमा प्रयोगमा आएको छ । यहाँ पहिलो र दोस्रो हरफलाई हेर्दा मुक्तक परम्परामा नै देखिन्छ कुनै फरक पना देखिदैन तर तेस्रोमा भने ‘‘मेरो मनको रङ्गीन’’ भन्ने वाक्यांशमा एक शब्दमात्रै थपिएको छ । मुक्तकमा तेस्रो हरफले उठाएको विचारलाई चौथो हरफले पुष्ट्याइँ गर्नु पर्ने हुन्छ । यहाँ विकल्पजीले तेस्रो हरफमा ‘‘मेरो मनको रङ्गीन’’ वाक्यांश पछिको एक शब्द जो प्रयोग गर्नुभएको छ ‘‘मनभित्रै’’ भन्ने शब्दपछि आएको काफियाले पुष्ट्याइँ गर्ने प्रयास गर्नुभएको छ । मैले यहाँ काफियाको संयोजन र तेस्रो हरफमा ‘‘मेरो मनको रङ्गीन’’ वाक्यांस पछि आएको शब्दको विचारलाई मनभित्रैपछि आएको काफियाले पुष्ट्याइँ गर्छ कि गर्दैन भनेर ‘‘कहिले’’ भन्ने रदिफलाई दोहोर्याई राखेको छैन भने ‘‘मेरो’’ भन्ने शब्दलाई छाडी विकल्पका सबै मुक्तकलाई यहाँ भावसारको रूपमा पस्केको छु । ‘‘मेरो’’ भन्ने शब्दलाई छाड्नुको कारणमा विकल्पले उठाएका यी विविधपक्षहरू विकल्पमा मात्र सीमित छैनन् ।

आमसंसारका मानव मनका रङ्गहरूमा यी घटनाक्रमहरूले प्रवेश पाएका छन् । विकल्पले उठाएका विषय बस्तुहरूमा जीवनका भोगाइहरू जस्तै हाँसो –रोदन, सुख दुःख, रोग, शोक, भोग, जीवनका उकाली–ओराली, कायरता, वीरता, उत्थान पतन, राग, अनुराग थिति वेथिति आदि आदि मानव जीवनका संघर्षमय पाटाहरू हुन् । यी पाटामा मानिसले विविध किसिमका अनुभव र अनुभूति गर्दै आएका छन् । मुक्तकले राजनैतिक विकृति र विसङ्गतितिर लम्केको पाइँदैन । यहाँ शुद्ध मनभित्रका राग अनुरागलाई समाउँदै तिनबाट प्राप्त हुने अनुभूतिमा रमाउँदै, मुक्तकीय पर।म्परामा नविनता थप्दै, विकल्पजीले सुन्दर मुक्तक कृति सिर्जना गर्नुभएको छ र हामी पाठकसमक्ष पस्कनु भएको छ । मैले अध्ययन गर्दै जाँदा मलाई लागो विकल्पजीले मुक्तकमा नयाँ मार्गको थालनी गर्नुभएको छ । अब यात्रीहरूले यस मार्गमा सहज यात्रा गर्न थाल्ने छन् ।

शीर्षक पनि सार्थक नै देखिन्छ, । भाषा सरल र सहज छ । मुक्तकमा नौलो प्रयोग गर्दा पनि मुक्तकीय सिद्धान्तमा विचलन आएको छैन भन्दै सफल कृति सिर्जनाका मुक्तककारमा भावी जीवन सफलताको लागि कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद,
२०७५ सालपौष १७ गते कावासोती नवलपुर
सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *