Skip to content

झरीजस्तै आँसु

  • by

“ए झरी नझरी देऊ न त्यसरी !” यही गीत मनमा गुनगुनाउँदै, एकाबिहानै छाता ओडेर टारीको खेत हेर्न निस्कदै थिएँ म। जब मनसुन सुरु हुन्छ, तब मनमा लगातार पहिरो गएकै हुन्छ।

कति वर्ष खोलाछेउ टारीखेत टाइचनको धानसँगै बाढीले बगाउनाले वर्षभरि अन्न वेसाउन बाध्य हुनुपर्ने, त्यो तीतो यथार्थ सम्झिएँ।

अगाडि लम्कदै गर्दा जुकाहरू पनिसँगै पछ्याउँदै थिए। जुकाहरू एकआपसमा कानेखुसी गर्दै दिए “योभन्दा राम्रो मौका अर्को पक्कै हुन सक्दैन।” आखिर संसारमा हरेक प्राणीलाई बाँच्नु जो छ, सायद त्यही धर्म निभाउँदैछन् प्राणीहरु।

आकाशतिर फर्कँदै “भो अब पुगेन !” यो मनले अनुत्तरित प्रश्न गर्दै थियो। एक्कासि आकाशमा गर्जाहट सुरु भयो “डड्याङ्ग” ।

कति छिटो खेत आइपुगेछ। खेतको आलीमा बसेर आँखाले नथाकुञ्जेलसम्म हेरिरहें, आँसुहरू झरी जस्तै अनवरत झरिरहे बरर !

कसैले डाहा गरे जस्तो, मेरो कर्म स्वय म आकाशलाई पनि त्यति मन परेको थिएन कि सायद ?

त्यसपछि म घर फर्कन सकिनँ, आखीर कतिञ्जेल परिवारलाई अनेकौँ बहाना बनाएर खुसी देखाइरहु।

हिजो छोराले भनेको सम्झेँ “अन्न बेचेर भएपनि स्कुल जानुपर्छ है बा !” यो शब्दले बारम्बार झस्काइरह्यो। एक्कासि आँखा खुल्यो,”धन्न यो सपना रहेछ ।” त्यसपछि यस्तो बिघ्न वाधा कसैलाई नपरोस् भन्दै नित्य कर्म गर्न लागे।

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *