Skip to content


म अन्धो छु
म अनपढ छु
म बिरामी छु
म बेहोस छु
म बेडमा छु
ट्याब्लेट टेवलमा छ
मानौ कि म मृत्युको मुखमा छु,
मलाई जीवनमा मृत्युलाई जित्नु छ
मेरी आमा,मेरि पृयासी
मेरा साथीभाइ र आफन्तहरू
मेरो नज्दिक बसेर
मलाई हेरिरहेका छन्
र उनीहरुले मलाई दबाइ खुवाउन खोजिरहेका छन्
टेवल मुन्तिर एउटा मेटासिकको बोतल पनि छ
त्यो मलाई थहा छ
मेरो चेतनाहरुलाई थहा छ
म सोचिरहेछु,
उनीहरू मलाई मार्ने चाहिरहेछन्
उनीहरू मलाई जहर पिलाउन चाहिरहेछन्
मलाई थहा छैन त्यो के हो?
र मलाइरहर छैन त्यो खाने पनि

तर, पनि म यो विश्वास मान्छु कि
ती दुई चिजहरू मध्ये मेरो मुखको अमृत हो
र अम्तिममा अञ्जान त्यो चिज म खान्छु
यसकारण कि,

मेरा कानहरुले सुनिरहेछन् कि
मेरो घरमा कोही परवाट पछाडिबाट
उनीहरुलाई मलाई दवाइ खुवाउन
निरन्तर निर्देशन दिइरहेछ

सायद
एउटा डाक्टर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *