Skip to content


बुझ्दै नबुझ्ने यो मनलाई बुझाउन
सकिन मैले तिमी चाँडै आऊ न

उस्तै छ आगो यो मनमा पनि
झरना झैं बगेर बरु तिमी आऊ न

पंछी भए म उँडेर आउँथें
ती डाँडा काँडा नाघेर आउँथें

बादल भए म फैलेर आउँथें
आकास सारा ढाकेर आउँथें

बन्धन छ गहिरो बैरी संसारको
हुने पो हो कि पराजय प्यारको

ईश्वर छ साक्षी आकाशमाथि
हुँदैन हार यो चोखो प्यारको

शब्द- शैलेश आचार्य
स्वर – रामा मण्डल,साधना सरगम
संगीत – भूपेन्द्र रायमाझी

Leave a Reply

Your email address will not be published. Required fields are marked *