Skip to content


एउटा गाउँ थियो जहाँ एक जोडी बुढा बुढी बस्दै आएका थिए। बुढी सोझी अनि इमानदारी थिइन्। तर बुढा भने अलि खराब अनि जँड्यहाँ पाराको थियो। उनीहरुको सन्तान भने थिएनन्। यसै कारणले हो कि बुढो अलि पिउने गर्थ्यो।

एक दिनको कुरो हो टन्न रक्सी खाएर बुढीलाई झगडा गरी कुट्दै थियो। तर बिचरी बुढी के पो गर्न सक्थिन र ! उसबाट तर्किंदै भाग्दै थिइन्। उनीहरुको त्यो दृश्य एक युवक हेरिरहेको थियो। उस्लाई त्यो मन परेन। “आफ्नो श्रीमतीलाई पनि त्यसरी कुट्न हुन्छ!” भन्दै उसले त्यो बुढालाई गाली गर्न लायो। तर बुढोले रोकिएन। युवकलाई पनि सही न सक्नुभयो। यसरी कसैलाई कुटेको कस्ले पो हेर्न सक्छ र ! त्यसैमाथि एक महिलालाई। उसले बुढालाई एक झापड लगाइदियो।

झापड त लगायो। बुढीबाट उसले धन्यवाद पाउनु पर्ने तर उल्टै बुढीको झापड पो पायो। त्यो पनि दुई तीन पटक। उसले केही गर्ने कुरा भएन। उसले दुखी हुँदै सोध्यो,”किन आमा मलाई कुट्नु भाको ? म त झन हजुरको ज्यान बचाएको। नत्र उसले तपाईंलाई मार्ने थियो होला।”

बुढीले रिसाउदै उत्तर दिई, “हेर बाबु, तिमीलाई के मतलब ? हाम्रो यो घरयासी मामला हो। हामी मरे पनि बाँचे पनि। म आफ्नो भगवानलाई कसैले हात लगाएको हेर्न सहन सक्दिन। जे भन मेरो पतिको बारे बरु त्यो सहुला तर म कसैले हात हालेको सहन सक्दिन। वहाँ जे जस्तो भए नि मेरो पति, मेरो भगवान हुनुहुन्छ। हामी एक छिन लडेपनी कुटे पनि, वहाँले मलाई कति माया गर्नुहुन्छ, त्यो मलाई मात्र थाहा छ। म वहाँले मारे पनि मर्न तयार छु। आफ्नो पति भन्नु भगवान हुन्। त्यसैले उन्को हातबाट मर्न पाउनु पनि स्वौभाग्य हो। त्यसैले म मेरो पतिलाई कसैले छोएको सहन सक्दिन।”

केटो त्यहीं अलमलियो अनि माफी मागेर गयो।

त्यसैले साथी, हो श्रीमान श्रीमती जति लड्ने झगडा गर्ने गरे पनि यो बुझ्नुस् उनीहरूबीच ठुको विश्वास अनि शक्ति हुन्छ। श्रीमती आफ्नो श्रीमानको लागि हरेक कुरा सहन सक्छे। तर पतिको इज्जतमा कसैले हात लाएको र उस्लाई कसैले छोएको सहन सक्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *