Skip to content

आमाको गर्भमा

BhaskarKazi


आमाको गर्भमा, धर्तीमा अनि चितामा
यसरी सिद्धिन्छ जीवन एउटा सीमामा ।

मन फेरिनसक्छ, प्रेमिका फेरिन सक्छे
यादहरू सधैंलाई छोडिन्छन बिस्तरामा ।

वर्षौँ भयो, छोरो गाउँबाट हराएको पनि
विश्वास छ एकदिन भेटिनेछ सीमामा ।

ढुङ्गालाई पनि भगवान बनाइदिनसक्छ
बुझ्नुस यस्तो हुन्छ शक्ति यो पैसामा ।

राम्ररी पढ्नुस चाउरिएका अनुहारहरू
जिउँदा ईतिहास हुन यी हाम्रा बा-आमा।

नाम मात्र फरक हो काम त त्यही हो
तात्विक अन्तर छैन जुम्रा र लिखामा ।

भास्कर काजी
रुँघा ७, रुकुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *