Skip to content

कहाँ अल्झ्यो प्रजातन्त्र

ढुक ढुक छ शहिदको प्राणले साटेको प्रजातन्त्र
आखिर किन हुदैछ ? मन फाटेको प्रजातन्त्र ।।

निमुखा जन्ता बिदेशी नोकर थिए नोकर नै रहे
आखिर किन आएन नोकरले साँचेको प्रजातन्त्र ।।

दिल्ली र बनारसमा भाडा मोल्थे अनि नेताहरु पाल्थे
आखिर किन भएन दुखीले दुख काटेको प्रजातन्त्र ।।

यूवा शक्ति बिदेश तिर गाँऊ नै भयो शून्य तिर
आखिर किन रयो यहाँ असिनाले झाटेको प्रजातन्त्र ।।

नीति नियममा बाधेर बिधीको शासन दिन्छु भन्थे
आखिर किन हामीलाई दिदैछन् ढाँटेको प्रजातन्त्र ।।

दुखिको रेमिट स्वीस बैंक पुग्छ अनि देश त यसै सुक्छ
आखिर किन रह्यो यहाँ गैडाको जिब्रोले चाटेको प्रजातन्त्र ।।

हिमाली जडिबुटी सस्तै दिने अनि महंगोमा औषधि लिने
आखिर किन बन्यो यहाँ परनिर्भर आयातेको प्रजातन्त्र ।।

हेर्न मनछ बेथितीबाट थितीमा गएको प्रजातन्त्र
आखिर कहाँ अल्झ्यो शहिदले आँटेको प्रजातन्त्र ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *