Skip to content

पिउनै पर्यो

पिउनै पर्यो जताततै भट्टी पसल खुलेपछि
नपिएर के गर्नु र तिम्ले मलाई भुलेपछि ।।

जँड्याहामा समाजको बेग्लै दृष्टि हुँदो रैछ
राम्रो दृष्टि कहाँ हुनु बाट्बाटैमा झुलेपछि ।।

भए जति मान सम्मान इज्जत समेत गुम्ने रैछ
गाउँ वस्ती गल्ली गल्ली कुकुर जस्तो डुलेपछि ।।

टाढाबाट एक नजर हेर्न पनि दुर्लभ भयो
के हेर्नु र बूढो भई कपाल सेतै फुलेपछि ।।

पछुताउ पर्ला फेरि मौका छँदै भनेकै छु
तिम्रो ठाउँको मनभित्र अर्कैलाई हुलेपछि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *