रमाइलो गाउँ
editor — Wed, 03/06/2019 - 05:15
डाँडामाथि हिमाल छ डाँडामुनि गाउँ
मलाई पनि त्यै गाउँमा लाग्यो जाऊँ–जाऊँ
गल्लीवारि मुखियाको खरले छा’को घर छ
गल्लीपारि चौतारी छ पीपल र वर छ
यता जिम्माल बाको टौवा त्यता घैया बारी
हरियाली जङ्गल छन् खोलाभन्दा पारि
मुखिनीका खेतालाले घैया गोडेका छन्
थकाइ मेट्न घैया गोड्दै गीत जोरेका छन्
तिर्खा लाग्दा साइँली दिज्यै पधेँरामा जान्छिन्
मूलको पानी उबाएर अञ्जुलीले खान्छिन्
रातो माटो कमेराले घर लिपेको छ
त्यसैमाथि घामको किरण आँखा टिपेको छ
जम्दार बाको घर हाम्रोभन्दा झनै ठुलो
दुखियालाई माया गर्छन् उनको मनै ठुलो
पूजा गर्ने पुजारी छन् आतेपाते गर्छन्
रुद्री सरात गर्नुपर्दा बोलाएसी झर्छन्
लाहुर गा’का क्षेत्री बाका वीरताका कथा
सुनिरहूँ जस्तो लाग्छ उनका पीर व्यथा
ल्होसारमा गाउँदै नाच्ने गुरुङ बाका कुरा
बेलायती फौजका कथा सुन्छौँ हामी भुरा
यही गाउँमा मगर बाजे रमाएर बस्छन्
संस्कृतिलाई जोगाउन यिनी कम्मर कस्छन्
बसेका छन् नेवार बुबा यहीँ पसल थापी
हामी किन्छौँ चाहिने कुरा कलम अनि कापी
कपडा र किरानाका सामान किन्न आइन्छ
नेवार बाको पसलमा जे खोज्यो त्यै पाइन्छ
आरन थाप्छन् कामी बाले आँसी बनाउँछन्
दुःखजिलो गरी–गरी चाड मनाउँछन्
सार्की बुबा यतै बस्छन् छाता–जुत्ता सिलाई
काम गरेको पैसा लिन्छन् कुरा मिलाई–मिलाई
लुगा सिउने दमाई बुबा व्यस्त हुन्छन् कामले
यिनले गर्दा नयाँ लुगा लाउन पाइन्छ हाम्ले
बिहे हुँदा पञ्चे बाजा बजाउने गर्छन्
रमाइलो गर्नुपर्दा यिनै अघि सर्छन्
सबै जाति चाहिन्छन् यहाँ मर्दा अनि पर्दा
गाउँ अँझै सुन्दर भा’छ एकताले गर्दा
सबै जाति मिलेर पो रमाइलो भा’छ
त्यै भएर मलाई यही गाउँ प्यारो ला’छ ।
- रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
- 518 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
6 sec ago - Reply to comment | मझेरी डट कम
15 sec ago - Reply to comment | मझेरी डट कम
19 sec ago - Reply to comment | मझेरी डट कम
22 sec ago - Reply to comment | मझेरी डट कम
26 sec ago - Reply to comment | मझेरी डट कम
33 sec ago - Reply to comment | मझेरी डट कम
37 sec ago - Reply to comment | मझेरी डट कम
42 sec ago - Reply to comment | मझेरी डट कम
47 sec ago - Reply to comment | मझेरी डट कम
51 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- समयकाे धुन
- म पानी हुँ
- विद्यार्थी हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- गजल
- नेपाल मेरो घर
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- दशैं आशिष (आयु द्रोणसुते)को नेपाली अनुवाद
- छोडपत्र
- खहरेको भेल-रहेछ
- शिक्षा क्षेत्रमा मण्टेश्वरी शिक्षण पद्धति
- हजुर पाल्नुहोला बिस्तारै बिस्तारै
- दुःख पाइयो
- रूस लेखक संघको ‘लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकरद्वय विभूषित
- तामाङ स्रष्टा समाजको नियमित साहित्यिक कार्यक्रम
- कार्यालय
- पानी को रूप रङ्ग हुँदैन
- एउटा मृत्यु त्यस्तो होस्
- हो गयी लाल
- सम्झिरहुला
- नेपाली साहित्यमा मधुपर्क पत्रिकाका विशेषाङ्कहरूको योगदान
- कोजगराके राति (कविता)
- आऊ अब नजिकिदै बजाई हातका राता चुरा
- हारेको जिन्दगी
- यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु)
- निसीमा याद तिम्रो
- अक्षरहरूको पिरामिडको सङ्क्षिप्त विवेचना
- गैरी खेत
- नारी दिवस
- गाउँ बस्तीको गीत
- उहिलेका देवीप्रसाद अहिलेका डी.पी.
- विद्यार्थी हुँ म
- साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
- पापी हुदारहेछन
- जे सोच्यो त्यही बोल्यो - जे बोल्यो त्यही गर्यो
- झुमिदेऊ शराबी नशामा
- पलाँस सन्जिवनीका मुक्तकहरू
Post new comment