Skip to content

लुटिनेको नाम जनता

श्री ३ हरु हुकुमी भका
उनका बंशज सल्बलाई रका
सुन्दरी चेलीहरु देख्नै नहुने
कलुसित नजरबाट लुकाउनै पर्ने
चाहिने जति पूरा पूर लुटेर लिए
आखिर लुटिने त जनता नै थिए !!

अब्बल जमिन तिनकै नाममा
शयन गर्थे बेलायती शैलीका महलमा
रैतिले खेपे निर्माण सास्ती
तिनैले गरे मोज मस्ती
चाहिने जति सीधा कब्जामा लिए
आखिर लुटिने त जनता थिए !!

शाह ज्यादा उन्मुक्त रमाउदै रहे
जुन कुरा नि आफ्नै झै गरे
भरौटेहरु अघि पछि लागे
देबी र देउता रुपमा सम्मान मागे
त्रास दिएर चाहिने जति लिए
लुटिने आखिर जनता नै थिए !!

प्रजातन्त्रधारी सत्ता उदायो
मनपरि गरी सास्ती बढायो
पजेरो, प्राडो उपहार लिए
समाजमा अनेकन बिकृती बढाए
प्रजातन्त्रको बहानमा अप्रत्यक्ष लुटिए
आखिर लुटिने जनता नै थिए !!

लोकतन्त्र, गणतन्त्रको माहोल आयो
फूलबुट्टे बनाई सपना देखायों
नयाँ नयाँ शक्ति निकै सल्बलाए
उनकै आसेपासेले महल ठडाए
शहिदको सपनी लुटिदै गए
आखिर लुटिने त जनता नै भए !!

लुटेरा माफिया संगठित रहेका
उनीहरु कै सन्जाल चौतर्फी भएका
किसानको उत्पादन बारी मै सड्छ
तरकारीको बजार भाँउ खै किन बढ्छ
पहरेदार कुम्भकर्ण संग मितेरी लगाए
आखिर लुटिने त जनता नै भए !!

चारै तिरबाट पर्यो जनतालाई पीर
हे पशुपतिनाथ लगाऊ यिनलाई तीर
तिमीलाई चढाएको भेटि पनि लुटि दिए
आखिरमा लुटिने त जनता नै भए !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *