Skip to content

पाँचवटा छोक (छोटा कविता)हरू

  • by
20200416_PeshalAcharya-Interview

१) मिर्मिरे
यहाँ उज्यालो बोलाउने नै निदाएपछि
सम्मानित अगुवाले नै बाटो बिराएपछि
भन ए ! अन्धकारका वीर शत्रुहरू हो
अब मनहरूले कसरी मिर्मिरे अन्माउने ?

२) देश
जसको देश हुन्छ
उसले पिर, दुखाइ र स्वाभीमान्
लुकाउने ठाउँ पाउँछ
जसको देश हुँदैन
उसले पिर, दुखाइ र स्वाभीमान्
छिपाउने दुलो पनि पाउँदैन ।

३) फरक
जनावर र मान्छेमा फरक यति छ कि
मानिस पहिले मिल्छन् र पछि लड्छन्
जनावर पहिले लड्छन् र पछि मिल्छन्
मान्छे तैँ भन को बढी बुद्धिमान् ?

४) परिभाषा
बूढो भए पछि मानिस
रिसाउने मात्रै गर्छ
किनकि जीवनभर उसले
आफ्नै हाँसो निखारी सक्छ ।

५) सल्लाह
धेरै माथि नजानु
टुप्पामा पुगेपछि
ओर्लने भर्याङ्
खुस्काइदिन सक्छन्
मित्रहरूले !

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *