Skip to content

परिभाषामा जिन्दगी अटाउन..

परिभाषामा जिन्दगी अटाउन नखोज।
परेलीमा आँशु लुकाउन नखोज।

बुझिन्छ रहस्य आखिर सबै,
अचानोमा दाउ लगाउन नखोज।

हारै हो प्रेम सधैँ,
झुठो जित देखाउन नखोज।

बिर्सनु छ जिन्दगीलाई जिउन,
प्रेमील याचनाले सताउन नखोज।

बितेका कुरालाई कहिल्यै यसरी,
प्रिय नयन जताउन नखोज।

Leave a Reply

Your email address will not be published. Required fields are marked *