Skip to content


हर गल्लीहरुमा मन्दिर
देख्ने गरेको छु,
तर बिडम्बना बिना पुजारीका,
रात्रीकालीन र झिसमिसेमा धाउने भक्तहरुक साथमा
नत संध्याकलिन आरती हुन्छ
नत बिहानिमा धण्टी नै बज्छ

कृपया जुत्ता चप्पल बाहिरै फुकालिदिनुहोला
यहाँ तस्वीर लिन मनाही छ,
अधिकांश ठाउमा देखिनेभन्दा भिन्नै पम्प्लेट
न त आइतबार सूर्य देवता,
सोम देखि शनिसम्मको शिवजी गणेश कृष्ण विष्णु महालक्ष्मी र शनिदेव को
पुजाका लागि गरिने कर्मको लागि
लामबद्ध भक्तहरू नै देखिन्छन्।

जताततै सुनिन्छ मानिसको मन सफा हुनुपर्छ
तर लाग्छ विचार शुद्ध हुनुपर्छ,
मन भन्नाले “मुटु ” “मष्तिस्क” कुन बुझाउँछ
समाज सेवाको नाममा गरियका अभियानता
र सस्थाको आँखा लाउनका लागि गनियका
लाइक र सेएर नंबरका निम्ति धेरै गल्लीका
मन्दिरहरू संरक्षणको प्रतीक्षा गरिरहेकाछ्न।
किनकि बिना समितिको सम्पदा जो खडा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *