Skip to content


विचारलाई छेक्न खोज्दा निरंकुशता झल्कन्छ
कलमलाई लेख्न रोक्दा बिद्रोहको आगो सल्कन्छ

भ्रष्टाचारीलाई संरक्षण गरेको देख्छु
रगतमा तापमानको ऊर्जा भल्कन्छ

ईतिहासको पाना पल्टाएर हेर्छु
जताततै शहीदको भावना टल्कन्छ

नेपालीजन सदा न्याय आत्मसाथ गर्छन्
कुशासन बिरुद्धको विचार जनजनमा झल्कन्छ

जनता शहीदको सम्मानमा नतमस्तक छन्
परिवर्तनकारी विचार चट्याङ् बनी बल्कन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *