Skip to content

कहिले घाम मन पर्छ

BaldipChauhan


कहिले घाम मन पर्छ, कहिले पानी मन पर्छ
पानीभन्दा नि, पानी बोक्ने सान्नानी मन पर्छ

के थाहा तिमीलाई, कत्ति लोभी छन् यी आँखा
हृष्टपुष्ट त्यो यौवन अनि जवानी मन पर्छ

सुहागरातमा बिताएको रातभन्दा पनि
प्रेमिल प्रिय तिम्रो अङ्गालोको बिहानी मन पर्छ

हुरीसँगै सयौं दूरी पलायन छन् सपनाहरू
आजकल आफ्नै जिन्दगीको मनोमानी मन पर्छ

बल्दिप चौहान, ताप्लेजुङ
हाल – काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *