Skip to content

तीन मुक्तक (न्याउली चरीसँग रुँदा)


मुक्तक १
न्याउली चरीसँग रुँदा, संगीतको धुन भन्छ्यौ
यादै यादमा तड्पाएर, पार्ने हौ कि रुन भन्छ्यौ
सायद कर्म यस्तै छ कि, बाँचुन्जेल जिन्दगीमा,
सधैंभरि देखिरहने, आकाशको जून भन्छ्यौ

मुक्तक – २
सजिलो त कसलाई छ र प्रदेशमा बस्न
फुकिरहने मनको गाँठो सक्नु पर्छ कस्न
देश छोडी प्रदेशमा शून्यतामा बाँच्नु पर्दा,
धनी साहुको तितो बचन आइहाल्छ डस्न

मुक्तक – ३
फर्की आऊ भन्यौ प्रिया, चुहिने त्यो छानो हेर
भकारी नै भोकाएको, अन्नको त्यो दानो हेर
भबिष्य नि हेर्नुपर्छ, जन्म दिई सन्तानको,
ख्याल गर्नु लड्न सक्छ, हाम्रो छोरा सानो हेर

शोभाराम ओली
परिवर्तन गाउँपालिका -२ राङसी, रोल्पा
हाल: दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *