Skip to content

विधुवाको सिउँदो र मेरो जवानी


विधुवाको सिउँदो र मेरो जवानी
हो यो एउटा अदृष्य घाउको अनौठो कहानी
कि सम्झिऊँ म यसलाई तिम्रो प्रीतिको निशानी
प्रेम-रोदन मिलन-बिछोड
कि यो तिम्रो सोचौ छोटो चिनारी

विधुवाको सिउँदो र मेरो जवानी
हो यो एउटा अदृष्य घाउको अनौठो कहानी

न-कुनै उमङ्ग न-कुनै उत्सहा बोकेर आशु गहभरि
लाग्छ कहिलेकाहीं जवानी रित्यो-रित्यो ऋतु सरी
न खस्ने झर्ना भएर यो पहाड पर्वत गरी
न फुल्ने यो बैशाखको लालिगुराँस फुले सरी

विधुवाको सिउँदो र मेरो जवानी
हो यो एउटा अदृष्य घाउको अनौठो कहानी

बाहिर समेट्यौ मन भित्र फुट्छ
मनमा लुकाऊँ आशु भै बग्छ

विधुवाको सिउँदो र मेरो जवानी
हो यो एउटा अदृष्य घाउको अनौठो कहानी

3 thoughts on “विधुवाको सिउँदो र मेरो जवानी”

  1. गीताजी, मार्मिक छ। शक्तिशाली
    गीताजी, मार्मिक छ। शक्तिशाली (पावरफूल) शब्दहरूको प्रयोग गरिएका छन् र त्यस्तै शशक्त भाव प्रकट भएका छन। तपाईंको अन्य कविताहरू पनि पीडादायी र सेन्टिमेन्टल छन्।

    अरू साथीहरूलाई पनि भनिराखेको छु, अप्टिमिस्टिक लेखहरू पनि ल्याउनुहोस् है! लेख्ने कामलाई निरन्तरता दिनुहोला।

    Kumar

  2. Gita jee .. saarai nai
    Gita jee .. saarai nai maarmik gajal lekhnu bhaye ko chha tapai le .. mero mutu ko kuna bata nai anautho bhaab prakat bhayeara aaauchha … tapai ko aaune gajal padhne rahar chha malai … tapai ko kalam ko gatilai ajhai agadi badhaunu hola …
    Raj

  3. राज जी यो गजल होइन कबिता हो
    राज जी यो गजल होइन कबिता हो जताभाबी कमेन्ट नगर्नुस् है गजलको छुटै संरचना र नियम हुन्छ । गीता जी कबिता प्रशंसा गर्न योग्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *