Skip to content


वासस्थान माता
नेपाल माता
पृथ्वी माता
ब्रह्माण्ड झन् माता
प्रकृति त्योभन्दा माता

सर्वशक्तिमान
जसले हामीसबलाई बनाए
अनि मातालाई बनाए सहायक

कुखुरीले चल्लालाई,
गाईले बाच्छालाई,
हंसिनीले टिउरोलाई,
विरालीले न्याउरोलाई,
बघिनीले डमरुलाई,
ऐ ऐ ऐ ऐ
दिने प्रेम जत्ति अगाढ हुन्छ
त्योभन्दा बढी मानिसरुपी माताले बच्चालाई दिनै सक्दैन

सबैमा अपार माया हुन्छ
मौन स्नेह
पढेर सकिन्न
अनुभव गर्ने हो ।
वर्णण गर्ने शव्द सबै फिक्का हुने
मातृ स्नेह सबसे बडा

रुखले फललाई
पवनले श्वासलाई
कण्ठले वाणिलाई
नयनले दृष्यलाई
शरीरले अवयवलाई
निर्जिवले ध्यानलाई
ऐ ऐ ऐ ऐ

अस्तित्वले सुत्रलाई
सुत्रले अस्तित्वलाई
दिने मातृवात्सल्य अपार हुन्छ

आफ्ना सन्तानका लागि
सबैले सर्वश्व त्यागेर पनि सन्तान हुर्काउँछन्

जय माताजी
जय मातृदिवस

२०७६ बैशाख २१
बिजु सुवेदी विजय

Leave a Reply

Your email address will not be published. Required fields are marked *