Skip to content

गौरदहको बजारमा


गौरदहको बजारमा माया हाम्रो बस्यो
कसो गरी भुल्ने होला मन उडी गयो

चियाबारीमा बतास चल्यो वैशाखको बेला
माया गरी मायालुलाई नगर है हेला

मेलापात जाँदा हामी गाउँथ्यौ हामी गीत
किन आज बिर्सी गयौ हाम्रो माया प्रीत

बिर्सिएर घरबार मन सधैं रुने
कसले पो माया गरी मन बुझाइदिने

पारिपट्टि कोइलीले गायो हाम्रो गीत
सपनीमा गाउँदा पनि नाच्छु तिमीसित

शब्द, स्वर – सीताराम ताजपुरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *