Skip to content

जहाँ दु:ख त्यहाँ रेडक्रस

ArjunDulal


बग्दा भेल यहाँ कुनै विपतको उद्धारमा लाग्दछन्
जल्दा त्यो झुपडी विपन्न जनको स्याहारमा जाग्दछन्
खाँचो पर्छ कतै भने रगतको सञ्चारमा रेड्क्रस
जुट्दैछन् सब दु:खमा पनि सँधै उद्धारमा रेड्क्रस
!!१!!

मेट्दै ती सब स्वार्थका मनहरु निष्पक्ष भै चल्दछन्
खोज्दै न्याय यहाँ सधै भर जुटी पीडा सबै छल्दछन्
आएमा सब ती यहाँ विपतका आँधी र हुरी कुनै
पीडाका मनका अभाव सब ती हेरेर बस्दैन है
!!२!!

खोज्दै ती सब दर्दका समयमा हाँसो सबै ओठमा
लाग्दैछन् सबनै यहाँ मलमभै पीडितका दर्दमा
लड्दै सब दर्दका बखतमा आधी र हूरीसँग
जट्दैछन् सबनै सधै जगतमा खोज्दै ती खूसी सब
!!३!!

त्यो बाढी पहिरो सयौँ विपतको गर्दै सँधै सामना
साथी भै कन लाग्दछन् सब यहाँ पीडितका दर्दमा
यो धर्ती सबनै कयौँ विपतले थर् थर् बनाए पनि
हट्दैनन् डरले पछाडी कहिल्यै भूकम्प आए पनि
!!४!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *