Skip to content

मेलम्चीको पानी

विरागः
हिमालको थाप्लो पनि चुरे जस्तो लाग्न थाल्यो
छानिएको नेतो पनि भुरे जस्तो लाग्न थाल्यो ।।

समृद्धि र सुखी भन्ने मुख मुखमा नारा थियो
सुरुवातै नगरेर तुरेजस्तो लाग्न थाल्यो ।।

आश्वासनका पुलिन्दा जो रातदिन बर्सिएका
भासन सुन्दा कुम्भकर्ण घुरेजस्तो लाग्न थाल्यो ।।

रात साँझ युवा पुस्ता विदेशतिर लर्को लाग्दा
तिनको भाग्य तिनैभित्र पुरे जस्तो लाग्न थाल्यो ।।

गणतन्त्र भन्ने कुरा देशभित्र हुलेपछि
बाघलाई मोटो सिकार जुरे जस्तो लाग्न थाल्यो !

मेलम्चीको हालत देखी भान हुने राजधानीमा
विकासले अर्को युग कुरे जस्तो लाग्न थाल्यो
विकासले अर्को युग कुरे जस्तो लाग्न थाल्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *