दोबाटोमा पर्यो जिन्दगी, यता जाऊँकी उता,
सही बाटो रोज्न सकिन क्यारे मता परें अलपत्र ।
दोबाटोमै पर्यो युद्ध मेरो, बिना हतियार ढालें क्यारे सेरोफेरो,
त्यसैले हो कि आज यतिखेर दुःखमा साथ दिने कोही छैन मेरो ।
यो अबिनाशी दोबाटो हो, कहिल्यै पनि मेटिएन,
यहाँबाट हिड्दा थाकिसकें अँझै लक्ष्य भेटिएन ।
दोबाटोमै दिन बिते दोबाटोमै रात,
आज त्यही दोबाटोमै, म बनेको छु अनाथ ।
दोबाटोले मानिसलाई अल्मल्याइ/रुवाई/झुकाइ दिन्छ,
कता लाग्ने भन्ने सोचाइमा भर पर्ने हो तर निराश मात्र हात लाग्छ ।
अठोट एउटा लिएर अघि बढ्दा बाधाहरू अनेकौं आइलाग्छ,
किन बाँचे म ? बाँचेर के नै गर्न सकैं भन्नु पर्दो रहे छ ।
२०७२, बूढानीलकण्ठ, पासिकोट, काठमाण्डौं ।