सबल छोराछोरि पनि बाङ्गा हुने डर
असुरक्षित जीवन बन्छ कस्को गर्नु भर
आफ्नैसँग जन्मियका कहाँकाहाँ पुग्छन्
आफ्नो भने आउँछे आमा भन्दै दैलो ढुक्छन् ।।
अपाङ्ग हो तिम्रो बच्चा सबले सोध्ने गर्छन्
अलि पर पुगेपछि पापि रैछे भन्छन्
कस्ता कस्ता कुरा काट्छन् समाजमा सबले
एक पछि अर्को गर्दै ब्याथा मात्रै थप्ने ।।
देखावटि कठै भन्ने मनमा डर राख्ने
हाम्रा बच्चा नजिक परे दौडिएर भाग्ने
बच्चा देखि बुढासम्म सबैडराइ दिने
अपाङ्ग त छँदै छन् है खोसि के छ लिने ।।
आफू हिँड्न सक्या हुन्नन् अरु डराइ दिन्छन्
आत्मा विश्वस पनि यिन्ले सबै खोसि लिन्छन्
अपाङ्गको अभिभावक बनी हामी हिँड्दा
मर्नु जस्तो लाग्छ कहिले यस्तो भोग्नु पर्दा ।।
के गर्नु खै यस्तै यस्तै भोग्दै बाँचेका छौँ
समाजका गतिबिधि हेर्दै नाचेका छौँ
इनलाई हेर्ने आँखा पनि समाजको छुट्टै
राज्यको नीति नियम यिन्लाई फेरिउस्तै।।
भाग्गेले ठग्यो यिनलाई बिरोध केही छैन
जति दौडधुप गरे पनि आधार भेटिँदैन
कहिल्यै नयन सुख्खा छैन बाटो देखिँदैन
कसै गरी सोच्दा पनि प्यास मेटिँदैन ।।