Skip to content

कति पाइयो धोका हरे
कति खाइयो चोट
बाँकी जीवन मस्ति गरौँ
जस्तो सुकै होस ।

के लानुर मर्दा खेरि
खालि हात जान्छौँ
धेरै छटपट किन गर्नु
यसै उसै मर्छौ मर्छौ ।

के को चिन्ता बोकिरहनु
यो मर्ने चोलामा
मरेपछि खरानी नै
बग्ने होखोलामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *