Skip to content


चारैतिर देख्छु, जलले छोपेको, लाग्दछ तटझैं सडक यहाँ
जलमग्न छ, छैन थल देखिने नौका, विहार हुन्छझैं यहाँ
थियो खै अग्लो, पिपल बोट, देखिन्छ झाडी बुट्यानझैं यहाँ
दर्केको दर्कै, निरन्तर दिन रात, सखाप पार्दै लाने भो यहाँ।।१।।

रोममा छैन, उमङ्ग स्फूर्ती, नशामा छैन कि रक्त सञ्चार
रात्री अनिदो, निद्रा हराम छ, डुब्ला कि भनि सबै घरबार
लोकलाई सास्ती, मेघ वर्षात् भो, मजदुर किसानलाई पिडा
डुबान छ सबै, स्थल भाग छैन, खै जनमा वर्षातको क्रिडा ।।२।।

आहार खोज्दै, प्राणीले सके न, खान कावा चरीले कही
न रम्न सके, जन पानी परेसी, डुबान सबै त्रासमा रही
सगर छैन सफा, खै निलो देखिन्न, कालो बादल कही
यत्र छ जल, सर्वस्त्र छ डुबान, छैन छटा रोकिने कही।।३।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *