न मलाई बद्धनामी नेता बन्नु छ
न त मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ
केवल मलाई जीवन कटाउनु छ
साथी, आजकल म रक्सी पिउँछु
झुटको खेती गरेर जीवन धान्नु छैन मलाई
न त चापलुसी र चाकडी गरेर जिउनु छ मलाई
न म विश्वास पात्र बन्नै चाहन्छु
न त म षड्यन्त्रमा सामेल हुनै चाहन्छु
साथी, आचकल म केवल रक्सी पिउछु
छेकेर छेकिन्न बैमानीको धन्दा
खुल्ने छ एकदिन बद्धमासीको पर्दा
देखियो तिम्रा नाटक र नौटङकी
देखायौ यहाँ कपटीको चौचकी
साथी आजकलम म रक्सी पिउछु
तिमीले बाटो विर्षे पनि
उकालीमा खुट्टा लरखराएपनि
खुर्सानी बीना भतेर अड्किन्न
यस्तालाई नेता मान्न पनि सकिन्न
साथी आजकल म रक्सी पिउछु
थाहा छ मलाई तिमीले धोका दियौ
तिमी त आफ्नै थैलो भर्नतिर पो लाग्यौ
तिम्रो, आषा र भरोषा छैन अब मलाई
डट्नु छ आफै यहाँ जनसत्ता ल्याउनलाई
साथी आजकल म रक्सी पिउछु
साथी, अब मैले रक्सी छोड्नु पर्छ
आँखा खेलेर सर्वत्र हेर्नु पर्छ
बैमानीको पर्दा च्यातेर
चापलुसी र चाकडीलाई चिनेर
नयाँ जनवादी क्रान्तिको बाटो खोल्नु पर्छ ।
..
..