Skip to content

सूर्य -अप्सरा : लुकामारी

3BD078B6-26C0-4EAC-BECE-CB619E8A67FE

सूर्य -अप्सरा : लुकामारी

जुलाई त्याइसैमा ज, एकादश बजे दिवा,
उन्नाईस सनैको त, सपत्नी निस्कियौँ यता।

वायुयान कतारैको, एघार चालिसै बजे,
भित्रै उदरमा राखी, उडायो वायु बेगले ।

अप्सरा स्वर्गका आई, स्वागत गर्न लाइ नै,
आसनमा बसालेर, थाले सोम रसै दिनै ।

बाहिर सूर्य झल्केका, भित्र तिनै ज ढल्कँदै,
सुरा पात्रैज हातैमा, हिन्दै नाचेर मस्किँदै ।

वायुयान सकेसम्स, पश्चिम तिर लम्किँदै ,
नभमा रवि यानकै, पछि पछि पछ्याउँदै ।

चारै घण्टा उडेरै नै, दोहा विश्राम गर्दै छ,
भयो तयार उठ्दै नै, भानुको पथ छेक्द छ।

हिथ्रो सम्म पिछागर्दै, रवि हे ! अप्सरा भनी ,
तेह्र घण्टा पछ्याउँदै, लन्दनसम्म भेट्छु भनी ।

सूर्यको दृष्टिमा लुक्दै, अप्सरा यानमा पनि।
भिडमा घुल्न लागे, चिया चिनी घुले सरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *