Skip to content


हामी माउण्ट फुजी हौं
अटल रहिरहन्छौं
हामी लावा हौं
सधैं जलिरहन्छौं

फुजी एकदिन पुत्ताउने छ
धुँवाको मुस्लो आकासमा मडारिनेछ
लावा सर्वत्र फैलिने छ
लावासँगै झारपातहरू जलिरहनेछन्

उनीहरुको रोधन र क्रनधन
छट्पटी र चित्कार
धुवासँगै बिलाउने छ
फुजी उनीहरुलाई हेरेर मुस्कुराउने छ

फुजी लावाको मुहान हो चड्न नखोज
त्यहाँ बरफ देखेर खेल्न नखोज
फुजी कुनै दिन पुत्ताउदै गर्जिन सक्छ
धुँवाको मुस्लोसँगै लावा ओकल्न सक्छ

–देवेन्द्र बस्याल, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *