Skip to content


दिनभरि लाइन बसी
पाएको हरियो कागज
बोकी आएको विदेशमा म
पसिनासँग पैसा साट्न म
पैसासँग पसिना साट्न म
बिहानको निद्रा खुल्छ मेरो
क्वार-क्वारे अर्लामको आवाजबाट
हरेक बिहानी मालिकको
अपशब्दबाट
सुरु हुन्छ अनि
हरेक साझ त्यसरी नै सकिन्छ
मलिलो माटो खेल्ने
मेरा यी हात
आज मरुभूमिको तातो
बालुवा खेलिरहेको छ
दिनचर्या यसरी बित्दैछ लाग्छ
आफ्नै शरीर पनि मेसिन सरह
चिसो हावामा डुल्ने मेरो मन
निस्सासिएको छ तातो हावामा
शरीर भासिएको छ मरुभूमिमा
अनि आफै भक्कानिएर आउँछ
ती साथीसंगी,आमाबुवा,श्रीमती
छोराछोरीको सम्झनामा
आएको कति वर्ष पुगिसक्यो तर
पनिसकेन मन राख्न
अँझै पनि खोज्दै छ मन मस्तिष्कले
म उठ्ने हरेक बिहानीमा
मेरो आमाको आदेश
मेरो बुवाका ख्याक्क खुक्क
अनि श्रीमतीका चुराहरुका छिनछिन
आज
दिन गन्दै थिए आएको
अहो !
आएको धेरै वर्ष पुगिसकेछ
के म घर नफर्किने?
अब कति दिन निस्सासिएको
मन लिइ
मरुभूमिमा भासिएको शरीर लिइ
कति दिन गाडीरहु
म यस खाडीमा????

अजय विश्वोकर्मा`सीमान्त´
सैनिक आवासीय महाविद्यालय
मङ्गलगढी,सुर्खेत

1 thought on “हरियो पासपोर्ट”

  1. अजय सीमान्त

    रचना सच्चाएको बारेमा
    तेस्रो लाइनमा मह भएको रहेछ त्यसको ठाउमा म मात्रै हो है । गलत टाइपिङ को लागि माफी चाहन्छु…@अजय सीमान्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *