Skip to content

/

कतार बसें दुबै बसें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

आफ्नो ठाउँ आप्नो गाउँ किन किन प्यारो लाग्छ
अमेरिका छिर्ने सोखले कुम्लो कस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *